Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


जहाँ घाँस तथा पानी खुवाउने, गोबर सोहोर्ने, दूध दुहुने सबै काम उपकरणबाटै हुन्छ

एक्सन खबर
पाैष २८, २०७८


जहाँ घाँस तथा पानी खुवाउने, गोबर सोहोर्ने, दूध दुहुने सबै काम उपकरणबाटै हुन्छ

विराटनगर । गाउँमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित विराटनगरका दुईजनाले कृषि उद्यममा हात हालेका छन् । आठ करोडको लगानीमा विराटनगर-१२ का सञ्जय चापागाई र गजेन्द्र शर्मा बञ्जराले सोही वडाको दरैया बस्तीमा कृषि उद्यम सञ्चालन गरेका हुन् ।

आठ महिनाअघिदेखि उनीहरूको उद्यम सञ्चालनमा आएको छ । उनीहरूको फार्ममा अहिले ५० वटा गाई छन् । फार्मले दैनिक आठ सय लिटर दूध उत्पादन गर्न थालेको छ । आउँदो वैशाख महिनादेखि दैनिक १५ सय लिटर दूध उत्पादन गर्ने गरी कामलाई तीव्रता दिएको चापागाईले बताए ।

गुनसम्ममा थप ५० माउ  गाई थप गरेर १५ सय लिटर दूध बेच्ने उनले बताए । मामाभान्जाको फार्मको नाम भने बञ्जरा कृषि फार्म राखिएको छ ।  अहिले फार्ममा २५ देखि ४२ लिटरसम्म दूध दिने होलस्टेन जर्सी गाईहरू छन् । गजेन्द्र शर्मा भने चीनको एक होटेलमा काम गर्छन् ।


उपकरणबाटै गाई दुहुने गरेको छ । फार्म पूर्णरूपमा सञ्चालनमा आएपछि दैनिक पाँच हजार लिटर दूध र पाँच सय किलोग्राम तरकारी उत्पादन गरी बजारमा पठाउने योजना फार्मको छ ।


केही दिनभित्रै थप १५ वटा गाई भारतको पन्जाबबाट आइपुग्ने फार्मले जनाएको छ । तीन चरणमा ५० करोड लगानी गर्ने लक्ष्य राखेर आठ महिनाअघि सुरु गरेको कृषि फार्मले अटोमेटिक प्रविधिमा आधारित डेरी उद्योग सञ्चालनको तयारीसमेत सुरु गरेको छ ।  गाईलाई घाँस तथा पानी खुवाउने, गोबर सोहोर्ने, दूध दुहुनेलगायतका काम उपकरणबाट गरिने फर्म सञ्चालक सञ्जयले बताए ।

उपकरणबाटै गाई दुहुने गरेको छ । फार्म पूर्णरूपमा सञ्चालनमा आएपछि दैनिक पाँच हजार लिटर दूध र पाँच सय किलोग्राम तरकारी उत्पादन गरी बजारमा पठाउने योजना फार्मको छ । पाँच बिघा जमिनमा फैलिएको फार्ममा गाईसँगै सागसब्जीसमेत उत्पादन हुने गरेको छ । दैनिक पाँच हजार लिटर दूध र पाँच सय केजी अर्ग्यानिक तरकारी उत्पादन गरेर स्थानीय बजारमै पुर्याएर उनीहरूले बेचिरहेका छन् ।



२५ जनाले दैनिक रोजगारी पाइरहेको सञ्जयले बताए । दुग्धजन्य वस्तुको उत्पादन, गाईको ब्रिडिङ, दानाको रूपमा प्रयोग हुने साइलेज पूर्ण क्षमतामा उत्पादन गरी कृषकहरूलाई बिक्री गर्ने योजना रहेको उनले सुनाए । अर्ग्यानिक गड्यौले मल उत्पादन गर्ने तयारी तगारी गरिएको उनले बताए ।  तेस्रो चरणमा सन् २०२३ सम्म कुल लगानी ५० करोड पुर्‍याइने एग्रोको तयारी छ । हाइब्रिड बाच्छी उत्पादन गरेर किसानलाई उपलब्ध गराउने लक्ष्यसमेत लिएको उनले बताए ।

गाईको आहारका लागि देवानगञ्जका किसानहरूले ५० बिघा खेतमा लगाएको मकै किनेर ल्याएर साइलेज बनाउन दिने गरेका छन् । उनीहरूले वर्षमा दुईपटकपटक मकै खेती गर्ने गरेका छन् । फार्मले मकै काट्ने र साइलेज बनाउने ‘मोबाइल मेसिन’ किसानको खेतमै पुर्‍याउने गरेको छ । खेतमा रोपेको मकै ८५औँ दिनमा काटेर साइलेज बनाइरहेको र आगामी दिनमा थप क्षेत्रफलका लागि किसानसँग सम्झौता गर्ने तयारी भइरहेको चापागाईले बताए ।













0 प्रतिकृया