Follow us:


Follow us

४ वैशाख २०८३, शुक्रवार
४ वैशाख २०८३, शुक्रवार


नोबेल मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति (भिडिओ सहित)

एक्सन खबर
माघ १, २०७८


नोबेल मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति (भिडिओ सहित)

विराटनगर। नोबेल मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति जुटेको छ । आन्दोलनरत विद्यार्थीका अभिभावक र कलेज प्रशासनले शनिवार साँझ सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

नोबेल मेडिकल कलेजमा भएको छलफलमा दुवै पक्ष लचकता अपनाउँन तयार भएपछि सहमति जुटेको हो । दुई पक्षबीच भएको छलफलमा कलेज प्रशासन होस्टेल शुल्क घटाउँन तयार भएको छ । यसअघि प्रति विद्यार्थी मासिक १२ हजार लिइदै आएको होस्टेल शुल्क घटाएर अब कलेज प्रशासनले १० हजारमा झार्ने भएको छ ।



यता, होस्टेल ऐच्छिक गर्नुपर्ने अडान राख्दै आएको आन्दोलनरत पक्षले पनि त्यसमा लचकता देखाएर होस्टलमै विद्यार्थी बसाउँन तयार भएको छ । त्यस्तै, चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क तिर्न अभिभावकहरु तयार भएका छन् ।

सहमतिपत्रमा नोबेल मेडिकल कलेजका तर्फबाट प्राचार्य प्रा.डा. रामहरी घिमिरे, सल्लाहकार डा.केपी शर्मा र प्रवन्धक नारायण प्रसाद दाहालले हस्ताक्षर गरेका छन् । यता, आन्दोलनरत विद्यार्थीहरुको प्रतिनिधित्व गर्दै उनीहरुका अभिभावक बीरेन्द्र भगत, राजेन्द्र बहादुर थापा, प्रकाश फुयाल र रामकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।

सहमति जुटेकाले अब विद्यार्थी आन्दोलन स्थगित हुँने अभिभावकहरुले जनाएका छन् । नोबेल मेडिकल कलेजका सञ्चालक डा.सुनिल शर्माले पनि अभिभावकहरुसँग सहमति जुटेकाले विद्यार्थी आन्दोलन स्थगित भएर अब पठनपाठन सूचारु हुँने प्रतिक्रिया दिए ।













0 प्रतिकृया