Follow us:


Follow us

८ वैशाख २०८३, मङ्गलवार
८ वैशाख २०८३, मङ्गलवार


वीपी प्रतिष्ठानमा एक काेराेना संक्रमितकाे मृत्यु

एक्सन खबर
५ माघ २०७८


वीपी प्रतिष्ठानमा एक काेराेना संक्रमितकाे मृत्यु

सुनसरी ।वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानका एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । धरान १८ का एक वृद्धको मंगलबार उपचारका क्रममा मृत्यु भएको हाे ।

प्रतिष्ठानको कोभिड अस्पतालमा मंगलबार दिउँसो ४ बजेर ५० मिनेटमा संक्रमित वृद्धको मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार ७६ बर्षीय वृद्धलाई पुष २८ गते संक्रमण पुष्टि भएको थियो । उनलाई सोही दिन कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

मृतक कलेजो, मृगौलालगायतका जटिल दीर्घरोगबाट पनि पीडित भएको प्रतिष्ठानले जनाएको छ । मृतकको शव नियम अनुसार व्यवस्थापन गरिने सहप्रवक्ता डा.पोखरेलले बताएका छन् ।













0 प्रतिकृया