Follow us:


Follow us

४ वैशाख २०८३, शुक्रवार
४ वैशाख २०८३, शुक्रवार


शल्यक्रियामा चमत्कारः सुँगुरको किड्नी ब्रेन डेड मानिसमा सफल प्रत्यारोपण

एजेन्सी
७ माघ २०७८


शल्यक्रियामा चमत्कारः  सुँगुरको किड्नी ब्रेन डेड मानिसमा सफल प्रत्यारोपण

न्युयोर्क । अमेरिकाको अलबामामा चिकित्सकहरुले वंशानुगत रुपमा परिवर्तन गरिएको सुुँगुरको किड्नी एउटा ब्रेन डेड मानिसमा सफलतापूर्वक प्रत्यारोपण गरेका छन् । अलाबामा विश्वविद्यालयका चिकित्सकहरुले शल्यक्रिया सम्पन्न गरेका हुन् । गत वर्षको सेप्टेम्बरमा मोटरसाइकल दुर्घटनामा परेपछि ५७ वर्षीइ जिम पार्सनलाई ब्रेन डेड घोषणा गरिएको थियो ।

शल्यक्रियापछि प्रत्यारोपण गरिएको किड्नीले तत्काल काम गर्न थाले प्राप्त विवरणहरुमा जनाइएको छ । यसै महिना शल्यचिकित्सकहरुले वंशानुगत रुपमा परिवर्तन गरिएको बंगुरको मुटु मानिसमा प्रत्यारोपण गरिएको थियो ।

डेभिड बेन्नेट नाम गरेका व्यक्तिमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको थियो । सुँगुरको मुटु मानिसमा प्रत्यारोपण गर्ने उनी पहिलो व्यक्ति भएको जनाइएको छ । युनिभर्सिटी अफ म्यारिल्यान्डका चिकित्सकहरुको समूहले गरेको सो शल्यक्रियालाई बेन्नेटले चमत्कार भनेका छन् । सो विवरण सार्वजनिक भएपछि एक भारतीयले आफूले २५ वर्षअघि नै सुँगुरको मुटु पत्यारोपण गरेको दाबी गरेका थिए ।

‘अंगको अभाव वास्तवमा एक असीमित संकट हो र हामीले यसको वास्तविक समाधान कहिल्यै पाएका छैनौं’, बर्मिंघमको अलाबामा विश्वविद्यालयका डा. जेमे लकले भने । तर, वैज्ञानिकहरूले अझै पनि बिरामीको जीवनलाई जोखिममा नलिइकन यस्तो प्रत्यारोपण कसरी परीक्षण गर्ने भन्ने बारे थप जान्न आवश्यक छ।













0 प्रतिकृया