Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


त्रिवेणी घाटमा सुरु भयो केएमसीको एक महिने निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
११ माघ २०७८


त्रिवेणी घाटमा सुरु भयो केएमसीको एक महिने निःशुल्क स्वास्थ्य शिविर

काभ्रे। काभ्रेको पनौतीमा एक महिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । पनौतीमा लाग्ने ऐतिहासिक १२ बर्षे मकर मेलाको अवसर पारेर काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले शिविर सञ्चालन गरेको हो ।

पनौती नगरपालिका वडा नं. ६, ७ र ९ को संगमस्थल त्रिवेणी घाटमा एक महिनासम्म मकर मेला लाग्ने गर्छ । सोही मेलालाई लक्षित गर्दै सामुदायिक बचत तथा ऋण सहकारी संस्थासँग सहकार्य गरेर शिविर सञ्चालन गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

शिविरमा विरामीको उपचारका लागि केएमसीका बिशेषज्ञ डाक्टरहरुको टोली खटिएको छ । शिविरमा स्वास्थ्य जाँच, औषधि वितरण, ल्याब टेष्ट, भिडियो एक्सरे, इसीजी लगायत सेवा निःशुल्क प्रदान गरिदैछ ।

श्रीस्वस्थानीको अवसर पारेर काठमाडौंको साली नदीमा पनि केएमसीले एक महिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ ।













0 प्रतिकृया