एरो थाईका प्राविधिक आइपुगे
एक्सन खबर
मोहम्मद हबिब
भैरहवा। रुपन्देहीको भैरहवामा
निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि
तयारी अवस्थामा छ । भौतिक निर्माणको काम सम्पन्न भई क्यालिब्रेसनका लागि
काम भइरहेको विमानस्थलमा मुख्य काम गर्न एरोथाईका दक्ष जनशक्ति विमानस्थलमा
आएका छन् ।
बुद्धबार सडक मार्ग हुँदै काठमाडाैंबाट भैरहवा आएका
प्राविधिकहरूले काम सुरु गरेका छन् । उनीहरू क्यालिब्रेसन फलाइट गरेर मात्र
स्वदेश फर्कने छन् । सञ्चालनको पर्खाइमा रहेको विमानस्थल दुई चरणमा आईसीबी
१ र आईसीबी २ को काम सम्पन्न गरेको छ ।
तत्कालीन प्रधानमन्त्री
सुशील कोइरालाले १ माघ २०७१ मा सिलान्यास गरेको राष्ट्रिय गौरवको आयोजना
अबको एक महिनामा क्यालिब्रेशन उडान गरी परीक्षण उडानको लागि तयार हुने
आयोजनाले जानकारी दिएको छ । प्राविधिक टोली आएसँगै क्यालिब्रेशन उडान अबको
दुई तीन सातामै हुने विमानस्थलको दाबी छ ।
टोलीले नै प्रविधिक काम
एक महिनामा सक्ने गरी काम गरेर मात्रै फर्कने र प्रशासनिक तर्फको काम पनि
माघमै सकिने आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिएका छन् । एरो
थाई कम्पनीका प्रविधिकहरू आइपुगेका छन् । अष्ट्रियाको प्रविधिकले नागरिक
उड्डयनका १० जनालाई रोडियोसम्बन्धी तालिम दिइरहेका छन् ।
विमानस्थलमा हाल
दर्जनभन्दा बढी चिनियाँ टोली र अन्य पाँच जना विदेशी दक्ष कामदारले
क्यालिब्रेशनको पूर्वातयारी सम्बन्धी काम गरिरहेका छन् । ‘सबै काम पूरा
भइसकेको छ । हाम्रो जोड नै क्यालिब्रेशन गरेर परीक्षण उडान गर्नेमा छ,’
आयोजना प्रमुख अधिकारीले भने ।
विमानस्थलको ग्राउन्ड र जहाजबीचको
सूचना आदानप्रदानका लागि चहिने सबै दक्ष प्रविधिक जनशक्ति आएकाले अबको केही
दिनमा नै क्यालिब्रेशन फ्लाइटको मिति तय हुन्छ । तीन वर्षभित्र सम्पन्न
गर्ने गरी चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसनले ६ अर्ब ८२ करोड लागतमा
विमानस्थल निर्माण गरेको हो ।
-->
0 प्रतिकृया