Follow us:


Follow us

४ कार्तिक २०८३, मङ्गलवार
४ कार्तिक २०८३, मङ्गलवार


अमेरिकी सेनाले घेराबन्दी गरेपछि आफ्नै ज्यान लिए आईएस नेताले

एजेन्सी
२१ माघ २०७८


अमेरिकी सेनाले घेराबन्दी गरेपछि आफ्नै ज्यान लिए आईएस नेताले

दमास्कस । उत्तरी सिरियामा अमेरिकी सेनाले कारबाही गर्न खोज्दा मुस्लिम लडाकु समूह इस्लामिक स्टेट (आईएस) समूहका एक वरिष्ठ उपप्रमुखले आत्मघाती बिस्फोट गराएर आफ्नो ज्यान लिएका छन् ।

सेनाको कारबाहीबाट जोगिन नसकिने सोचेर आईएस समूहका नेता अबु इब्राहिम अल–हाशिमी अल–कुरेसीले एउटा आत्मघाती बिस्फोटन गराएर आफू र आफ्नो परिवारको ज्यान लिएको अमेरिकी अधिकारीले दाबी गरेका हुन् ।

भिषण गोलाबारीपछि अमेरिकी सेनाले अबु इब्राहिमलाई उनी लुकेको एउटा तीन तले घरको चारैतिरबाट घेरा हालेका थिए । लगत्तै उनले आत्मघाती बिस्फोट गराएका थिए । फाेटाे फायल













0 प्रतिकृया