नेक हल्ट प्राइज अन्तर्गत उद्यमीहरुसँग कुराकानी
एक्सन खबर
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजमा उद्यमीहरूसँग कुराकानीको पहिलो एपिसोड सम्पन्न भएको छ । चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेजमा हल्ट प्राइजले शनिबार ‘टक विथ इन्टरप्रेनर्स’को पहिलो सत्र आयोजना गरेको हो ।
कार्यक्रममा अतिथि वक्ताको रुपमा ईडा रिजाल रहेकी थिइन् । रिजालले कौशलतापूर्वक व्यापार र विचारको बारेमा विस्तृत अन्तरदृष्टिगत विचार व्यक्त गरिन् । उनले उत्पादन भिन्नता, विचार प्रमाणीकरण र व्यापारमा मार्केटिङ दृष्टिकोणको बारेपनि छलफल गरिन् । स्टार्टअपको असफलताको कारणहरू र कसरी स्टार्टअपले दिगो राजस्व उत्पादन गर्न सक्छ भन्ने विषयमा विचार प्रकट गरिन् । साथै, विचार प्रक्रियाको क्रममा आफ्नो व्यापार व्यवसायलाई कसरी स्थिरता प्रदान गर्न सकिन्छ भन्ने बारेपनि चर्चा गरिन् ।
व्यापारको सफलता कसरी निर्धारण गर्ने बारे आफ्नो दृष्टिकोण राख्दै ईडाले सहभागीहरूका प्रश्नहरूको जवाफ पनि दिएकी थिइन् । ईडा रिजाल कोभिड कनेक्ट नेपालकी सह–संस्थापिका, माइक्रोसफ्ट इमेजिन कप २०१८–एआई वर्गकी विजेता, सोचवेयरकी पूर्व प्रमुख कार्यकारी अधिकृत र सह–संस्थापिका पनि रहेकी छन् ।
नेक हल्ट प्राइजको कलेज निर्देशकमा टानिया लामिछाने रहेकी छन् ।
एक मिलियन डलर पुरस्कार राशी भएको यस प्रतिष्पर्धामा संयुक्त राष्ट्र संघको पनि पार्टनरसिप रहेकोले यसका विजेताले ठूलो अर्थ राख्छन् । स्नातक वा विश्वविद्यालय तहमा अध्ययनरत विद्यार्थीहरुको स्टार्टअप विजनेश आइडिया, खोज तथा अनुसन्धानलाई अन्तराष्ट्रियकरण गरी तीनको प्रयोग गराउनु हल्ट प्राइजको लक्ष्य हो ।
0 प्रतिकृया