Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


सुनको मूल्यकाे अहिलेसम्मकै उच्च, आयातमा कटाैती

एक्सन खबर
फागुन, २३, २०७८


सुनको मूल्यकाे अहिलेसम्मकै उच्च, आयातमा कटाैती

काठमाडौँ । सुनको भाउ सोमबार प्रतितोलामा एक हजार १०० रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलामा एक हजार १०० रुपैयाँले बढेर एक लाख तीन हजार रुपैयाँमा काराेबार भइरहेकाे छ ।

यसअघि आइतबार छापावाल सुन तोलाको एक लाख एक हजार ९०० रुपैयाँमा  कारोबार भएको थियो । यसैगरी, सोमबार तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार ५०० रुपैयाँ ताेकिएकाे छ ।

चाँदीको मूल्य पनि प्रतिताेलामा १० रुपैयाँको दरले बढेको छ । आइतबार एक हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ४२५ रुपैयाँ निर्धारण गरिएको छ ।

यसैबीच, सरकारले  सुन आयातमा कटाैती गरेकाे छ । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको सूचनाबमोजिम दैनिक १० किलो मात्र सुन आयात गर्नेगरी तोकेको हो । वाणिज्य बैंकहरुले यसअघि  दैनिक २० किलो सुन आयात गर्न पाउँथे ।   













0 प्रतिकृया