Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


१४ जना मृतककै सनाखत, घाइतेलाई वीपी प्रतिष्ठान लगियाे

एक्सन खबर


१४ जना मृतककै सनाखत, घाइतेलाई वीपी प्रतिष्ठान लगियाे

संखुवासभा । संखुवासभाको मादी नगरपालिका– ६ मा बस दुर्घटनाका सबै १४ जना मृतकको सनाखत भएको छ । बिहीबार बिहान साँढे सात बजे मादी–६ को सातघुम्तीमा मादीको ओखरबोटे बजार बाट झापाको दमकतर्फ जाँदै गरेको ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु थियाे ।

मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको फाक्चामाराका ३० वर्षीय विपीन निरौला, संखुवासभा मादी–५ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी–६ का ३० वर्षीया सीता बिक. ३२ वर्षीया अञ्जना कटुवाल, तुलसा कटवालको पाँच वर्षीया छोरी दिक्षा कटवाल, मादी–५ का ४९ वर्षीय भवानीप्रसाद दाहाल रहेका छन् ।

संखुवासभा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, पाँच घाइते

यसैगरी, मादी–५ का ५५ वर्षीय श्याम शेर्पा, मादी–४ का आइतबहादुर तामाङ, मादी–२ का  ४२ वर्षीय ईन्द्र अधिकारी,  मादी–४ का ६० वर्षीय बलबहादुर कार्की,  २८ वर्षीया सबिता कार्की, मादी–५ का ४८ वर्षीय दिपककुमार दाहाल, ताप्लेजुङका ३१ वर्षीया समीक्षा योञ्जन र समीक्षा योञ्जनको ८ वर्षीय छोरा सुदिप घिसिङ रहेका  प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

बस सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । बस तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने डिएसपी सुवेदीले बताए । घाइते हुनेमा मादी–५ का सुवाष गोले, युवा पोख्रेल र मादी–६ का तुलसा कटुवाल, अम्बिका विक, डम्बरबहादुर कार्की छन् ।  घाइतेहरूलाई उपचारार्थ नेपाली सेनाकाे हेलिकाेप्टर मार्फत धरानस्थित वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकाे छ ।













0 प्रतिकृया