Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


अपिले एक अर्ब आठ करोडको हकप्रद जारी गर्ने

एक्सन खबर
फागुन, २९, २०७८


अपिले एक अर्ब आठ करोडको हकप्रद जारी गर्ने

काठमाडाैं । अपि पावर कम्पनी लिमिटेडले एक अर्ब बढीको हकप्रद सेयर जारी गर्ने भएको छ । धितोपत्र बोर्डमा दिएको आवेदन स्वीकृति भए लगत्तै अपि पावरले आफ्ना सेयरधनीलाई एक अर्ब आठ करोड ६० लाख रुपैयाँको हदप्रद सेयर जारी गर्ने भएकाे हाे ।

अपिले धितोपत्र बोर्डमा ३९.३६ प्रतिशत  हदप्रद सेयर बिक्री अनुमतिको लागि आवेदन पेस गरेको थियो । आवेदन अनुसार कम्पनीले एक करोड आठ लाख ६० हजार कित्ता हदप्रद सेयर निष्कासन गर्न लागेको हो ।

धितोपत्र बोर्डको फागुन २६ गतेको निर्णयले अपि पावर कम्पनीलाई १०:३.९३ को अनुपातमा हकप्रद सेयर निष्काशनको अनुमति दिएको थियो । बोर्डको अनुमतिसँगै कम्पनीले अब तोकेको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले छिट्टै हदप्रद सेयर जारी गर्नेछ ।

यसअघि कम्पनीले  गत जेठमा २९.३८ प्रतिशत हदप्रद सेयर जारी गरेको थियो। कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १४ करोड ३० लाख रुपैयाँ नाफा कमाइसकेको छ ।













0 प्रतिकृया