धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिता हुने
एक्सन खबर
सुनसरी । धरान मेघा हिमालयन कलेजको आयोजनामा अन्तर विद्यालय धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिता हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै आयोजकले चैत्र १५ गते देखि १९ गते प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको हो ।
अध्ययनसँगै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा अगाडि बढाउन खेल र खेलाडीको सम्मान गर्दै बास्केटबल प्रतियोगिता आयोजना गर्न लागिएको धरान मेघा हिमालयन कलेजका अध्यक्ष केलाश लिम्बूले बताए ।
प्रतियोगिताका विजेताले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद सात हजार ५ सय, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताको व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई नगद एक हजार ५ सय, उत्कृष्ट स्कोररलाई नगद १ हजार, कफी पव एण्ड रेष्टोको फुड भौचर, ट्रफी र प्रमाणपत्र प्रादान गरिनेछ । उत्कृष्ट स्कोरर र उदयीमान खेलाडीले ट्रफ्री, कफि पव फुड भौचर र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिता धरान बास्केटवल संघको संयोजन, सुनसरी बास्केटबल संघ र धरान १२ नम्बर वडाको सहयोगमा धरान मेघा हिमालयन कलेजको बास्केटवल कोर्टमा सम्पन्न हुन लागेको हो । प्रतियोगितामा धरान र धरान आसपासका क्षेत्र तथा जिल्लाका करिब १२ टिमले सहभागिता जनाउने कलेजका अध्यक्ष लिम्बूले जानकारी दिए ।
सहभागी टिममा १९ वर्षमुुनिका ११ र १२ कक्षाका ६ जना र १० कक्षासम्मका ६ जना खेलाडी हुनपर्नेछ । १० कक्षासम्मका हकमा भने १२ जना खेलाडी नै सहभागिता जनाउन सक्नेछ । दिवङ्गत उदयमान खेलाडी रेवाहाङ राईको स्मृतिमा प्रतियोगिता हुन लागेको हो ।
0 प्रतिकृया