Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


बार्सिलोना तेस्रो स्थानमा उक्लियो

एक्सन खबर
फागुन, ३०, २०७८


बार्सिलोना तेस्रो स्थानमा उक्लियो

काठमाडौं । ओसासुनाबिरुद्द ४-० अन्तरको सानदार जित निकाल्दै स्पेनिस ला लिगा क्लब  बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ । क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जिताउन फेरान टोरेसले दुई पिएरे इमरिक औवामियाङ र रिकी पुङले समान एक/एक गोल गरे ।

खेलको १४औं मिनेटमा फेरान टोरेसले पेनाल्टीमा बार्सिलोनालाई अग्रता दिलाए । २१औं मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो गोल गरे । २७औं मिनेटमा औवामियाङले तेस्रो गोल गरे । पहिलो हाफमा तीन गोल गरेको क्याटलान क्लब बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गर्‍याे । ७५औं मिनेटमा रिकीले गोल गर्दै ४-० को सहज जित दिलाए ।

जितसँगै बार्सिलोना २७ खेलबाट ५१ अंक सहित तेस्रो स्थानमा उक्लिएको छ ।  समान ५१ अंक भएपनि एक खेल बढी खेलेको एट्लेटिको म्याड्रिड चौथो स्थानमा छ । पराजित ओसासुना २८ खेलबाट ३५ अंक जोडेर ११औं स्थानमा  छ ।













0 प्रतिकृया