Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


रुसले रासायनिक हतियार सञ्चालनको योजना बनाउन सक्ने नेटोकाे दावी

एक्सन खबर
फागुन, ३०, २०७८


रुसले रासायनिक हतियार सञ्चालनको योजना बनाउन सक्ने नेटोकाे दावी

न्युयोर्क । उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले जैविक हतियार प्रयोगशालाको झुट बहानामा रुसले रासायनिक हतियार सञ्चालनको योजना बनाउन सक्ने बताएका छन् ।

‘पछिल्ला दिनमा हामीले रसायनिक र जैविक हतियार प्रयोगशालाबारे बेतुकका दाबी सुनेका छौं’, जर्मनीको एउटा पत्रिकालाई अन्तवार्तामा उनले भने । ‘अहिले यी झुटा दाबी गरिएका छन् । हामी सतर्क हुनुपर्छ, किनकी रूस आफैंले यो बनाबटी झूटअन्तर्गत रासायनिक हतियार सञ्चालनको योजना बनाउन सक्छ ।’ उनले भने ।

युक्रेनी जनताले साहसका साथ रुसी हमलाको प्रतिरोध गरे पनि  आगामी दिनले अझ ठूलो कठिनाइ ल्याउन सक्ने उनले बताए । ‘यस द्वन्द्वलाई युक्रेनको सिमानाबाहिर रुस र नेटोबीच पूर्णयुद्धमा परिणत हुनबाट रोक्न हाम्रो दायित्व छ,’ नेटो प्रमुखले भने ।













0 प्रतिकृया