Follow us:


Follow us

३ कार्तिक २०८३, सोमवार
३ कार्तिक २०८३, सोमवार


जापानमा गएकाे भूकम्पमा दुई जनाको मृत्यु, २० लाख मानिस अन्धकारमा

एजेन्सी
चैत, ३, २०७८


जापानमा गएकाे भूकम्पमा दुई जनाको मृत्यु, २० लाख मानिस अन्धकारमा

टोकियो । जापानमा बुधबार साँझ गएको शक्तिशाली भूकम्पमा दुई जनाको मृत्यु भएको छ । भूकम्पमा दर्जनौँ मानिस घाइते भएका छन् । पूर्वी जापानमा ७ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पले पुर्याएको जनधनको क्षतिको पूर्णविवरण विवरण आइनसकेको प्राप्त समाचारमा जनाइएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । भूकम्पपछि बुधबार रातभर र बिहीबार बिहान पनि निरन्तर परकम्पनहरु आइरहेका छन् ।

भूकम्पको असर राजधानी टोकियोमा पनि देखिएको प्राप्त विवरणहरुमा जनाइएको छ । भूकम्प प्रभावित क्षेत्रमा विद्युतीय सेवा अबरुद्ध छ ।
 















0 प्रतिकृया