Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


जापानमा गएकाे भूकम्पमा दुई जनाको मृत्यु, २० लाख मानिस अन्धकारमा

एजेन्सी
चैत, ३, २०७८


जापानमा गएकाे भूकम्पमा दुई जनाको मृत्यु, २० लाख मानिस अन्धकारमा

टोकियो । जापानमा बुधबार साँझ गएको शक्तिशाली भूकम्पमा दुई जनाको मृत्यु भएको छ । भूकम्पमा दर्जनौँ मानिस घाइते भएका छन् । पूर्वी जापानमा ७ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पले पुर्याएको जनधनको क्षतिको पूर्णविवरण विवरण आइनसकेको प्राप्त समाचारमा जनाइएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । भूकम्पपछि बुधबार रातभर र बिहीबार बिहान पनि निरन्तर परकम्पनहरु आइरहेका छन् ।

भूकम्पको असर राजधानी टोकियोमा पनि देखिएको प्राप्त विवरणहरुमा जनाइएको छ । भूकम्प प्रभावित क्षेत्रमा विद्युतीय सेवा अबरुद्ध छ ।
 















0 प्रतिकृया