Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


बालिकाको कोठामा राति १२ बजे प्रवेश गर्नुपर्ने कुनै औचित्यता प्रतिवादीले देखाउन सकेनन्

एक्सन खबर


बालिकाको कोठामा राति १२ बजे प्रवेश गर्नुपर्ने कुनै औचित्यता प्रतिवादीले देखाउन सकेनन्

काठमाडौं । नावालिगलाई गरेको आरोपमा पक्राउ परेका कलाकार पल शाह (पूर्णविक्रम शाह) जेल चलान भएका छन् । तनहुँ जिल्ला अदालतले मुद्दाको पुर्पक्षका लागि शाहलाई जेल चलान गर्ने आदेश दिएको हो ।

बलात्कार आरोपमा जाहेरी परेपछि शाह गत फागुन १५ गते प्रहरीसमक्ष आत्मसमर्पण गर्दै  जिल्ला प्रहरी कार्यालय, तनहुँमा उपस्थित भएका थिए ।  १६ वर्षभन्दा कम उमेरकी नावालिगलाई बलात्कार गरेको पाइएको भन्दै शाहलाई १२ देखि १४ वर्षसम्म सजाय माग दाबी गर्दै जिल्ला अदालत तनहुँमा मुद्दा दायर भएको थियो ।

बुधबार सरकारी वकिल र जाहेरवालाको तर्फबाट १० जना कानुन व्यवसायीले बहस गरेका थिए । बिहीबार शाहको तर्फबाट पनि १० जना कानुन व्यवसायीले बहस गरेपछि अदालतले पुर्पक्षमा पठाउने आदेश दिएको हो ।

पल शाह प्रकरण : यस्तो छ अदालतको आदेश (पूर्णपाठ) 

  
आदेशमा पलले पीडीतलाई जबरजस्ती करणी गरेको कुरामा पूर्णत: इन्कार गरेको भएतापनि उनले मौकामा गरेको बयान हेर्दा राति १२ बजे पीडितलाई म्यासेज गरी साथीहरुसँग खाइ बाँकी हरेको वियर लिएर पीडितको कोठामा प्रवेश गरेको तथ्यलाई पलले स्वीकार गरेको पाइएको उल्लेख गरिएको छ ।

फैसलामा भनिएको छ,'एक्लै सुतेकी बालिकाको कोठामा राति १२ बजेतिर प्रवेश गर्नुपर्ने कुनै औचित्यता प्रतिवादीले देखाउन सकेको पाइएन । यसरी राति पीडितको कोठामा प्रवेश गरेको भन्ने प्रतिवादीको स्वीकारोक्ती सोही राति निजले पीडतलाई जबरजस्ती करणी गरेको तथ्यसँग मिल्न भिड्न आएको देखियो।'

पलले बालिकालाई माया प्रेम गर्ने तथा विवाहको झुठो आश्वासन दिइ पहिला पनि पटक पटक जबरजस्ती करणी गरेको भन्ने पीडितले मौकामा व्यक्त गरेको घटना विवरण काजबाट देखिने फैसलामा उल्लेख गरिएको छ ।

अमर्यादीत र अश्लील टिका टिप्पणी नगर्नू

शाहलाई जेल चलान गर्न दिइएको आदेशमा मुद्दा अदालतमा विचाराधीन रहेकोले पीडित तथा प्रतिवादी लगायका उनीहरुका परिवारजनसमेत माथि अमर्यादीत र अश्लील टिका टिप्पणी नगर्न अनुरोध गरिएको छ ।

तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलासको आदेशमा भनिएको छ, 'प्रस्तुत मुद्दा यस अदालतमा विचाराधीन रहेको र साक्षी प्रमाण बुझ्ने समेतको कार्य बाँकी नै रहेको हुनाले अनुसन्धान अभियोजन एवं न्यायिक काम कारबाहीको विषयमा र पीडित तथा प्रतिवादी लगायत निजहरुका परिवारजन समेत उपर अमर्यादित र अश्लील ढंगले टिका टिप्पणी नगरी दिनका निम्ति आम सञ्चार माध्यम, कानुन व्यवसायी र सर्वसाधारण सबैमा इजलास विनम्र अनुरोध गर्दछ।'













0 प्रतिकृया