आइसिएफसि फाइनान्सद्वारा रसुवामा वित्तीय साक्षरता
एक्सन खबर
रसुवा । आइ सि एफ सि फाइनान्स लिमिटेड शाखा कार्यालय रसुवाले ग्लोवल मनी विक २०२२ को अवसर पारेर गोसाइकुण्ड माध्यामिक विद्यालय नौकुण्डमा एक दिने वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।
विद्यालयको बालबालिकाहरुलाई बैकिङ कारोबार सम्बन्धमा आधारभुत ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालयका ७ देखि १० कक्षा सम्मका दुई सय ५० विद्यार्थीको उपस्थिती रहेको थियो ।
कार्यक्रममा कालिकास्थान शाखाका शाखा प्रबन्धक सोम बहादुर तामाङले वित्तीय व्यवस्थापन, यसको सही सदुपयोग कसरी गर्न सकिन्छ र आजको दिनमा बैंकको महत्वको बारेमा जानकारी गराएका थिए । स–सानो रकम बचत गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी गरी आयआर्जनको श्रोत बढाउन सकिने उनको भनाइ थियो । अहिलेको अवस्थामा बैकिङ क्षेत्रमा प्रयोग हुदै आएको नयाँ प्रविधिहरु र शेयर कारोबारको लागी आवश्यक खाताहरु र यसको प्रयोगको बारेमा पनि जानकारी दिइएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ठाकुर मोक्तानले आइ सि एफ सि फाइनान्सले रसुवाको दक्षिणी भेगमा पहिलो वित्तिय संस्थाको रुपमा स्थापना भई सबै जनतालाई बैकिङ साक्षरता सिकाएको र विद्यालयका विद्यार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धि कक्षा सञ्चालन गरेकोमा धन्यवाद दिएका थिए ।
0 प्रतिकृया