Follow us:


Follow us

१७ भदौ २०८३, बुधवार
१७ भदौ २०८३, बुधवार


कुशलको दुई स्थान सुधार, सन्दीपको एक स्थान खस्कियो

एक्सन खबर
चैत, १७, २०७८


कुशलको दुई स्थान सुधार, सन्दीपको एक स्थान खस्कियो

काठमाडौं । नेपाली क्रिकेट टोलीका ओपनर ब्याटर कुशल भुर्तेलले आइसिसी टी–२० ब्याटिङ वरीयतामा दुई स्थान सुधार गरेका छन् ।

आइसिसीले बुधबार सार्वजनिक गरेको वरीयतामा कुशल २९औं स्थानमा उक्लिए । कुशल पछिल्लो हप्ता वरीयताको ३१औं स्थानमा थिए । यस्तै, वरीयताको शीर्ष १०० भित्र रहेका अर्का ब्याटर दीपेन्द्रसिंह ऐरी भने पुरानै वरीयतामा यथावत् छन् । दीपेन्द्र वरीयताको ५१औं स्थानमा छन् ।

वरीयताको शीर्ष स्थानमा भने पाकिस्तानका कप्तान बाबर आजम र दोस्रो स्थानमा पाकिस्तान कै अर्का ब्याटर मोहम्मद रिजवान यथावत् छन् । यस्तै, तेस्रो स्थानमा दक्षिण अफ्रिकाका आइदेन मार्करम, चौथोमा इङ्ल्यान्डका डेविड मलान र पाँचौँ स्थानमा न्युजिल्यान्डका डेविड कोनवे छन् ।

यस्तै, टी–२० को बलिङ वरीयतामा भने नेपाली टोलीका कप्तान सन्दीप लामिछाने एक स्थान खस्किएका छन् । नयाँ वरीयतामा सन्दीप ३७औं स्थानमा छन् । टी–२० वरीयतामा अटाएका नेपालका अर्का बलर अविनाश बोहरा ८१औं स्थानमा छन् ।













0 प्रतिकृया