Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


चुनिखेलमा केएमसीको स्वास्थ्य शिविरमा एक हजार बिरामीको निःशुल्क उपचार

एक्सन खबर
चैत, १७, २०७८


चुनिखेलमा केएमसीको स्वास्थ्य शिविरमा एक हजार बिरामीको निःशुल्क उपचार

काठमाडौं। काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१३ स्थित चुनिखेल, टुकुचेमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जीपी कोइराला मेमोरियल र काठमाडौं मेडिकल कलेजको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

उपचारका लागि शिविरमा आएका १०१३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये १९७ जनाको रक्त परीक्षण, १२९ जनाको भिडियो एक्सरे र ९५ जनाको मुटुको जाँच गरिएको छ ।

त्यस्तै ३१ जनाको दाँत खोलिएको छ भने शिविरमा उपचार सम्भव नभएका ४१ जनालाई थप उपचारका लागि अस्पताल रेफर गरिएको छ ।
    
 
    















0 प्रतिकृया