Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


विरगञ्जमा एमाले प्रवेश गर्नेहरुको लहर, चुनाबी अभियान तिब्र

एक्सन खबर
चैत, १९, २०७८


विरगञ्जमा एमाले प्रवेश गर्नेहरुको लहर, चुनाबी अभियान तिब्र

पर्सा । देशभर नेकपा एमालेमा प्रवेश गर्नेहरुको लहर चलेसँगै प्रदेश २ को विरगञ्जमा पनि त्यसको रौनक चलेको छ । विरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी नै नेकपा एमालेमा समाहित भएपछि पर्सामा कांग्रेस, माओवादी, समाजवादी लगायत पार्टी परित्याग गर्नेहरु बढेका छन् ।

नेकपा एमालेले पनि आउँदो स्थानीय निर्वाचनमा ऐतिहासिक जित हासिल गर्ने गरी संगठन निर्माण, सुदृढिकरणका अभियानहरु चलाउँदै आएको छ । एमाले नेता बसरुद्धिन अन्सारी, जिल्ला इन्चार्ज प्रभु हजरालगायत जिल्लाका नेताहरु संगठित रुपमै गाउँगाउँ गएपछि विरगञ्जसँगै पर्सा जिल्ला नै एमाले भएको छ ।

अहिले विरगञ्जका हरेक वडाहरुमा पार्टीको कार्यालय स्थापना गर्ने, युवा संगठन गठन गर्ने, जनताका गुनासा, समस्याहरु सुन्दै स्थानीय तहमै समाधान गर्न सक्ने भए त्यसलाई हल गर्ने काम भइरहेको बसरुद्धिन अन्सारीले बताए ।



यसैक्रममा आज विरगञ्ज वडा नं. २ मा एमालेको पार्टी कार्यालय सञ्चालनमा ल्याइएको छ । उक्त पार्टी कार्यालयको जिल्ला इन्चार्ज प्रभु हजरा, एमाले नेता बसरुद्धिन अन्सारीले उद्घाटन गरेका छन् । अन्सारी केही समय यता विरगञ्जमै रहेर पार्टीको राजनीतिमा सक्रिय छन् । मुलुक र जनताका लागि सोच्ने एक मात्र राजनेता केपी शर्मा ओलीमात्र आफुले देखेको बताउँदै अन्सारीले अन्य दलका नेताहरु व्यक्तिगत स्वार्थ केन्द्रीत राजनीतिमा लागेको बताए ।

विरगञ्ज महानगरपालिकाको निर्वाचनमा ऐतिहासिक जित हासिल गर्ने रणनीतिका साथ केही समय अगाडी पार्टी अध्यक्ष केपी शर्मा ओली नै विरगञ्ज गएर विरगञ्जमा मेयर सरावगी सहित सयौंलाई पार्टीमा प्रवेश गराएका थिए ।

नेकपा एमालेले मधेशको वास्तविक समस्या पहिचान गरी समाधान गर्ने, संविधानमा भएका मधेशका असहमतिलाई सर्वसम्मत रुपमा संसोधन गर्ने, मधेशको आर्थिक, सामाजिक, राजनीतिक अधिकार संस्थागत गर्ने लगायतका रणनीतिहरु बनाइरहेको र अबको निर्वाचनमा स्पष्ट बहुमत ल्याएर कार्यान्वयन गर्ने अभियान चलाइरहेको छ ।  













0 प्रतिकृया