Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


आइपीएलमा गुजरात र राजस्थानको जित

एक्सन खबर
चैत, २०, २०७८


आइपीएलमा गुजरात र राजस्थानको जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा शनिबार भएको खेलमा गुजरात टाइटन्स र राजस्थान रोयल्सले जित निकालेका छन्  ।

गुजरातले दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गर्दै लगातार दोस्रो जित निकाल्यो । १७२ रनको लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ९ विकेट गुमाएर १५७ रनमा समेटियो ।

दिल्लीका कप्तान ऋषव पन्तले सर्वाधिक ४३ रन बनाए । ललित यादjले २५, रोभमन पावेलले २० बनाए । गुजरातको जितमा लोक्की फर्गुसनले ४ तथा मोहमद शामीले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाएकाे थियाे । उसका शुभम गिलले सर्वाधिक ८४ रन बनाए । डेबिड मिलरले अविजित २०, हार्दिक पाण्डेयले ३१, विजय शंकरले १३ रन बनाए  ।

अर्को खेलमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई  २३ रनले पराजित गरेकाे छ ।  १९४ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १७० रन मात्र बनायो ।

मुम्बईका  तिलक बर्माले सर्वाधिक ६१ रन बनाए । इशान किसनले ५४ रनको योगदान गरे ।  राजस्थानको जितमा युज्भेन्द्र चाहाल र नभदीप शैनीले समान २ विकेट लिए ।













0 प्रतिकृया