Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


तीन महिनामा करिव ७९ हजार पर्यटक नेपाल भित्रिए

एक्सन खबर
चैत, २०, २०७८


तीन महिनामा करिव ७९ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं । कोरोना महामारी मत्थर हुँदै गएपछि नेपाल आउने पर्यटकको संख्या बढ्न थालेको छ । अध्यागमन विभागका अनुसार सन् २०२२ सुरु भएपछिको तीन महिना (जनवरी, फेब्रुअरी र मार्च) मा नेपालमा कूल ७८ हजार ७४७ जना पर्यटक भित्रिएका छन् ।

सोही अवधिमा नेपाल आएका ६९ हजार ३२८ जना पर्यटक स्वदेश फर्केको विभागले जनाएको छ । यो तथ्याङ्क त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रने पर्यटकको मात्र हो ।

विभागको तथ्याङ्क अनुसार पछिल्लो तीन महिनामा कूल १ लाख ४८ हजार ७५ जना पर्यटकले नेपालमा आवतजावत गरेको देखिन्छ । गत मार्च महिनामा मात्र नेपालमा ७६ हजार ४२ जना पर्यटक आवतजावत गरेका थिए । यीमध्ये ४२ हजार ६ जना नेपाल आएका थिए भने ३४ हजार ३६ जना नेपालबाट स्वदेश फर्केका थिए ।

विभागका अनुसार गएको जनवरीमा नेपालमा १६ हजार ९७५ जना पर्यटक भित्रिएका थिए । सोही समयमा १७ हजार ९८४ जना पर्यटक स्वदेश फर्केका थिए ।

गत फेब्रुअरी महिनामा नेपालमा कूल ३७ हजार ७४ जना पर्यटक आवतजावत गरेका थिए । यीमध्ये नेपाल आउनेको संख्या १९ हजार ७६६ रहेको थियो भने नेपालबाट स्वदेश फर्कनेको संख्या १७ हजार ३०८ रहेको थियो ।













0 प्रतिकृया