Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


पाकिस्तानमा पूर्वप्रधानन्यायाधीश गुलजारलाई कामचलाउ प्रधानमन्त्रीकाे प्रस्ताव

एजेन्सी
चैत, २२, २०७८


पाकिस्तानमा पूर्वप्रधानन्यायाधीश गुलजारलाई कामचलाउ प्रधानमन्त्रीकाे प्रस्ताव

इस्लामावाद । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पूर्वप्रधानन्यायाधीश गुलजार अहमदलाई पाकिस्तानको कामचलाउ प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेका छन् । जारी राजनीतिक संकटबीच पीटीआई अध्यक्षसमेत रहेका प्रधानमन्त्री खानले अहमदलाई काचलाउ प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेका हुन् ।

आईतबार प्रधानमन्त्री खानको सिफारिसमा राष्ट्रपति डा. अरिफ अल्भीले पाकिस्तानको संसद विघटन गरेका थिए । खानविरुद्धको अविश्वासको प्रस्तावलाई तल्लो सदन नेसनल एसेम्ब्लीका  उपसभामुखले खारेज गरेपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेका थिए ।

अविस्वासको प्रस्तावको खारेजी र संसद विघटनविरुद्ध विपक्षीले सर्वोच्च अदालतमा उजुरी दिएका छन् । उजुरीबारे आज सुनुवाई हुँदैछ ।
 













0 प्रतिकृया