Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


एस.जि ग्रुपले ल्यायो तारो ब्राण्डका बाइक तथा स्कुटर, नयाँ वर्षमा बैंकक भ्रमण सम्मकाे अफर

एक्सन खबर


एस.जि ग्रुपले ल्यायो तारो ब्राण्डका बाइक तथा स्कुटर, नयाँ वर्षमा बैंकक भ्रमण सम्मकाे अफर

काठमाडौं । एस.जि ग्रुप अन्तर्गत रहेको ओम मोटोकर्प प्रा.लि ले हालसालै इटालियन प्रविधि र डिजाइनमा निर्मित तारो ब्राण्डको दुई पाङ्ग्रे बाईक तथा स्कुटर नेपाली बजारमा भित्राएको छ ।

कम्पनीले तारो ब्राण्डका Imola 150 Alex  र T9150 गरी दुई मोडलमा स्कुटर र GP2 200, GP1 250 SR र GP1 380 गरी तिन मोडलका Premium Bikes हरु नेपाली बजारमा पस्केको हो ।

नक्सालको नारायण चोकमा आफ्नो कर्पाेरेट शोरुमको विस्तार गर्दै, काठमाडौंको भत्केकोपुल र रातोपुलको करिडोरमा अत्याधुनिक सर्भिस सेन्टरको निर्माण अन्तिम चरणमा पुर्याएको छ । यसका साथै टेकुस्थित वाइकर्स मार्टसले पनि कम्पनीको आधिकारीक बिक्रि प्वाइन्ट लिँदै यस व्राण्डको वाइक तथा स्कुटर बिक्रि गर्दै आएको छ ।

उपत्यका वाहिरका मुख्य मुख्य सहरहरुमा जस्तैः धरान, इटहरी, विर्तामोड, दमक, चितवन, बुटवल, पोखरा, दाङ्ग, नेपालगन्ज र धनगढीमा डिलर विस्तारको योजना अघि सारेको छ भने हेटौंडामा कम्पनीले डिलर छनौटको प्रक्रिया पुरागरी आवस्यकीय संरचनाको निमार्ण कार्यलाई अघि बढाउदैं सानोपोखरास्थित ओम अटोमोवाइल्स मार्फत बिक्रि सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीले आफ्नो Imola 150 को बिक्रि मुल्य रु. ३ लाख ३० हजार GP1 250 SR को रु.६ लाख ५० हजार र GP1 380 CC को बिक्रि मुल्य रु.९ लाख ५० हजार कायम गरेको छ ।

आकर्षक डिजाइनको साथै EFI,TFT, Display, CBS (Combined Braking System), Liquid Cooled Engine र अन्य Master of Engineering हरु यस व्राण्डका वाइक तथा स्कुटरमा अनुभव गर्न सकिन्छ ।

साथै कम्पनीले नयाँ वर्ष २०७९ लाई लक्षित हुनेगरी यही चैत्र २४ देखि ३१ बैशाख २०७९ सम्म लागु रहने गरी आफ्नो अफर सार्वजानिक गरेको छ । जसमा तारो ब्राण्डका कुनैपनि स्कुटर खरिद गर्दा सिधै रु.१५००० छुट प्राप्त गर्न सकिनेछ । GP2 200 खरिद गर्दा रु.२०,००० छुट, GP1 250 SR मा रु. २५००० र GP1 380 खरिद गर्दा रु.३०,००० छुट पाउने कम्पनीले बताएको छ ।

साथै कम्पनीले यस अवधि भर खरिद गर्ने मध्ये २ जना भाग्यशाली ग्राहकहरु लाई लक्की ड्र मार्फत बैंककको टुर प्याकेजको समेत अफर गरेको छ ।













0 प्रतिकृया