जसपा पर्सा जिल्ला सदस्य प्रेमकुमारी एमालेमा प्रवेश
एक्सन खबर
पर्सा । जनता समाजवादी पार्टी पर्सा जिल्ला कमिटी सदस्य विरगञ्ज वडा नं. २ बाट वडा सदस्यमा निर्वाचित प्रेमकुमारी सिं क्षेत्री नेकपा एमालेमा प्रवेश गरेकी छन् । आज विरगञ्जमा एमाले नेता बसरुद्धिन अन्सारी लगायत जिल्ला नेताहरुको उपस्थिितिमा प्रेमकुमारी एमालेमा प्रवेश गरेकी हुन् ।
जसपाले मधेशको विषयमा जनतालाई धोका दिएको तथा मधेशको मुल समस्याहरु हल गर्न नसकेको भन्दै नेतृ प्रेमकुमारी एमालेमा प्रवेश गरेकी हुन् । २०७४ सालको निर्वाचनमा स्थानीय तह जितेका दल तथा तिनका नेतृत्वले जनताका साझा समस्याहरु समाधानमा पनि कुनै काम नगरेकोले जसपा प्रति वितृष्णा जागेको उनको भनाई छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रवादी छवी, विकासका योजना तथा समाजवादको एजेण्डाबाट आफु प्रभावित भएको बताउँदै आगामी दिनमा नेकपा एमालेको सिद्धान्त र विचारबाट राजनीतिमा लाग्ने बताइन् ।
त्यसो त अहिले मधेश प्रदेशमै नेकपा एमाले प्रति जनताको जवरजस्त जनाधार बढ्दै गएको छ । जसपाबाट विरगञ्ज महानगरपालिकाको मेयर रहेका विजय सरावगी समेत केही साता अगाडी मात्रै पार्टी परित्याग गरी एमालेमा प्रदेश गरेपछि जिल्लाभर एमालेको रौनक बढेको छ ।
0 प्रतिकृया