Follow us:


Follow us

३ कार्तिक २०८३, सोमवार
३ कार्तिक २०८३, सोमवार


जसपाबाट बिजयी मेयरलाई स्वागत गर्न एमाले अध्यक्ष ओली सर्लाहीमा

एक्सन खबर
बैशाख, ३, २०७९


जसपाबाट बिजयी मेयरलाई स्वागत गर्न एमाले अध्यक्ष ओली सर्लाहीमा

सर्लाही । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)बाट बिजयी कबिलासी नगरपालिका प्रमुख कौशलकिशोर यादव अन्तत: नेकपा एमाले प्रवेश गर्ने भएका छन् ।

सर्लाहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममार्फत मेयर यादवलगायत बिभिन्न पार्टीबाट बिजयी वडा अध्यक्ष र बिगतको निर्वाचनका प्रत्यासी उम्मेदवारहरुलाई पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्नेछन् ।

‘मेयर, वडा अध्यक्षहरु, बिगतमा निर्वाचनमा मेयर र गाउँपालिकाका अध्यक्षका प्रत्यासीहरुलाई पार्टी प्रवेश गराउनका लागि अध्यक्षज्यू आज सर्लाही आउँदै हुनुहुन्छ’ एमाले केन्द्रिय सदस्य बद्री न्यौपानेले भने, ‘झन्डै ५ हजार जना आज एमाले प्रवेश गर्नेछन् ।’ उनका अनुसार सर्लाही सदरमुकाम मंलगवामा आयोजना हुने आमसभालाई ओलीलगायतका एमालेका अन्य शिर्ष नेताहरुले सम्वोधन गर्नेछन् ।  

उनका अनुसार आज हुने पार्टी प्रवेश कार्यक्रमार्फत लालबन्दी नगरपालिका–११ मा माओवादीबाट बिजयी वडाध्यक्ष दिपक लामा, जनता समाजवादी पार्टीबाट पर्सा गाउँपालिका–३ मा बिजयी वडाध्यक्ष भीखारी साहसहित कांग्रेसबाट रामनगर गाउँपालिकाका अध्यक्षका प्रत्यासी पुरुषोत्तम चौधरी, बसवरिया गाउँपालिकामा माओवादीबाट मेयरका प्रत्यासी रामविश्वास रायलगायत बिभिन्न पार्टीका जिल्ला स्तरीय दर्जनौं नेताहरु एमाले प्रवेश गर्ने कार्यक्रम तय गरिएको छ ।













0 प्रतिकृया