लामो अन्तरिक्ष अभियान पूरा गरेर पृथ्वीमा फर्किए चिनियाँ अन्तरिक्षयात्री
एजेन्सी
बेइजिङ । तीन जना चिनियाँ अन्तरिक्ष यात्री देशको अहिलेसम्मकै लामो अन्तरिक्ष अभियान पूरा गरेर शनिबार पृथ्वीमा फर्किएका छन् । अन्तरिक्ष यात्रीहरू १८३ दिनसम्म अन्तरिक्षमा रहेका थिए । अन्तरिक्ष यात्री–झाइ झिगाङ, यी गुआङफु र एक महिला चालक सदस्य वाङ यापिङ अक्टोबरमा अन्तरिक्षतर्फ प्रस्थान गरेका थिए ।
उनीहरू १८३ दिनसम्म अन्तरिक्षमा रहे र वर्षको अन्त्यसम्ममा अन्तरिक्ष स्टेसन पूरा गर्न आवश्यक ११ वटा मिसनमध्ये पाँचौं मिसन पूरा गरेका छन् । सेन्झेउ–१३ गत अप्रिलमा सुरु भएको अन्तरिक्ष स्टेशनको निर्माण पूरा गर्नकालागि चार योजनाबद्ध चालक दल मिसनहरूमध्ये दोस्रो थियो ।
सेन्झेउ–१२ सेप्टेम्बरमा पृथ्वीमा फर्किएको थियो । चीनले अब दुईवटा मिसनहरू–तियान्झाउ–४ र शेन्झाउ–१४ प्रक्षेपण गर्ने योजनामा छ ।
0 प्रतिकृया