Follow us:


Follow us

१७ भदौ २०८३, बुधवार
१७ भदौ २०८३, बुधवार


धरानमा मेयर कप बास्केटबल भाेलीबाट

एक्सन खबर
बैशाख, ५, २०७९


धरानमा मेयर कप बास्केटबल भाेलीबाट

धरान । धरानमा पहिलो पटक मेयर कप बास्केटबल प्रतियोगीता भोली मंगलबार देखी शुुरु हुँदैछ । अन्तर वडा प्रतियोगीतामा धरानका ९ वटा वडा स्तरिय बास्केटबल टिम विच प्रतिस्पर्धा हुनेछ । सहभागी वडाहरुमा धरान वडा नं. ५, ८, ११, १३, १४, १५, १७, १८, र १९ छन् ।

प्रतियोगीता हराइजन बास्केटबल क्लबको व्यवस्थापनमा धरान उपमहानगरपालिका खेलकुद तथा युवा संस्कृति महाशाखाले आयोजना गरेको हो । सबै खेलहरु धरान–१७ हराइजन बास्केटबल कोर्टमा हुनेछन् ।

प्रतियोगीताको विजेता टिमलाई नगद ५० हजार रुपया प्रदान गरिने छ । उपविजेता टिमले २५ हजार रुपया पाउने छ । उत्कृष्ट खेलाडीलाई ५ हजार, उदयीमान खेलाडीलाई ३ हजार र प्रत्येक खेलका म्यान अफ दि म्याचलाई नगद पुरस्कार प्रदान गरिने छ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाल बास्केटबल संघको केन्द्रिय उपाध्यक्ष सुरज लामाले कोरोनाका कारण रोकिएको धेरै बास्केटबल प्रतियोगीताहरु मध्ये अन्तर वडा बास्केटबल हुन लागेकोमा सन्तोष व्यक्त गर्दै भने ‘धरानमा बढेको बास्केटबल क्रेजलाई प्रतियोगीताले थप बल पुर्याउने छ ।’

उपमहानगरपालिका खेलकुद अधिकृत रमेशकुमार शाहले खेलकुदका धेरै कार्यक्रमहरु स्विकृत भएपनि कोरानाका कारण रोकिएको तर, कोरोनाकाल सकिएपछि रोकिएका खेलकुदका प्रतियोगीताहरु स्थानिय चुनावपछि आयोजना हुने बताए ।

हराइजन क्लबका अध्यक्ष बसन्त राईले प्रतियोगताले धरानमा बास्केटबलप्रति बढेको रुचीलाई ठूलो बल पुर्याउने बताए । ‘प्रतियोगीताले बास्केटबलका नयाँ खेलाडिहरु उत्पादन हुनेछ विश्वास लिएका छौं ।’ उनले भने । धरानका सबै वडामा बास्केटबलको पूर्वाधार विकासमा प्रतियोगीताले बल पुर्याउने बताउँदै उनले यस्को सकारात्मक प्रभाव प्रदेश १ कै बास्केटल खेलमा पर्ने दाबी गरे । प्रतियोगीता सञ्चालनका लागि कुल ३ लाख ३ हजार रुपैंया लाग्ने अनुमान गरिएको छ ।













0 प्रतिकृया