Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


श्रीलंकाली नागरिकको हत्यामा संलग्न ६ जनालाई मृत्युदण्ड

एजेन्सी
बैशाख, ६, २०७९


श्रीलंकाली नागरिकको हत्यामा संलग्न ६ जनालाई मृत्युदण्ड

इस्लामावाद । पाकिस्तानमा इश निन्दा गरेको भन्दै एउटा भिडले एक श्रीलंकाली नागरिकको हत्या गरेको अभियोगमा ६ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । सियालकोट सहरका कारखाना प्रवन्धक ४८ वर्षीय प्रियंथा दियावदानगेलाई गत डिसेम्बरमा कुटपिट गरी हत्यापछि उनको शव जलाइएको थियो ।

दोषी ठहर भएका ८८ जनामध्ये ९ जनालाई आजीवन कारावास र अन्यलाई दुईदेखि पाँच वर्षको जेल सजाय तोकिएको छ । सो घटनाले देशलाई स्तब्ध बनाएको थियो र निवर्तमान प्रधानमन्त्री इमरान खानले यसलाई ‘लज्जाको दिन’ भनेका थिए ।

आक्रमणबारे सामाजिक सञ्जालमा पोस्ट गरिएको एउटा भिडियोमा आक्रोशित भीडले दियावदानगेलाई उनको कार्यस्थलबाट घिसारेर  कुटपिट गरी हत्या गरेको देख्न सकिन्छ । उनको शव जलाएपछि भीडमा धेरै मानिसहरूले सेल्फी लिइरहेका थिए । सो भिडियो अमानवीयको भएको पीडितकी श्रीमती निलुशी दिसानायकाले टिप्पणी गरेकी थिइन् ।













0 प्रतिकृया