Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


काडिजसँग बार्सिलोना पराजित

एक्सन खबर
बैशाख, ६, २०७९


काडिजसँग बार्सिलोना पराजित

काठमाडौं । लुकास पेरेजको निर्णायक गोलमा बार्सिलोना घरेलु मैदानमा सोमबार राति काडिजसँग पराजित भएको छ । भ्रमणकारी टोलीका लुकासले ४८ मिनेटमा गरेको गोलले महत्त्वपूर्ण तीन अंक प्राप्त गरेकाे  हाे ।

बाँकी समय घरेलु टोली बार्सिलोनाले नोउ क्याम्पमा फर्कने प्रयास गरेपनि सफल हुन सकेन । हारसँगै बार्सिलोनाले स्पेनिस ला लिगाकाे दोस्रो स्थानमा अंक दूरी बढाउने अवसर गुमायो ।

समान ६० अंक भएपनि सेभियालाई पछि पार्दै बार्सिलोना दोस्रो स्थानमा छ । सेभियाले एक खेल बढी खेलेको छ । काडिज भने ३१ अंक सहित १६ औं स्थानमा छ । शीर्ष स्थानमा भने रियल मड्रिड छ ।













0 प्रतिकृया