Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


एनफिल्डमा युनाइटेडमाथि लिभरपुलकाे शानदार जीत

एक्सन खबर
बैशाख, ७, २०७९


एनफिल्डमा युनाइटेडमाथि लिभरपुलकाे शानदार जीत

काठमाडौं । उपाधी होडमा रहेको लिभरपुलले इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई  ४–० अन्तरले पराजित गरेको छ ।

घरेलु मैदान एनफिल्डमा एकपक्षीय खेल खेलेको लिभरपुलले उपाधि यात्रामा म्यानचेस्टर सिटीलाई पछ्याउने क्रममा दुबै हाफमा दुई-दुई गोल गरेकाे हाे ।

टोलीको सानदार जितमा मोहम्मद सलाहले दुई तथा लुइस डियाज र साडियो मानेले एक-एक गोल गरे । पुत्रशोकका कारण युनाइटेडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो खेलमा अनुपस्थित भए ।

जितसँगै शीर्षस्थानमा उक्लिएको लिभरपुलको ३२ खेलबाट ७६ अंक जोडेको छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ७४ अंक छ ।

हारसँगै युनाइटेड ३३ खेलबाट ५४ अंक जोडेर छैटौं स्थानमा छ ।














0 प्रतिकृया