Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


श्रीलंकामा प्रदर्शनकारीमाथि गोली चल्दा एकको मृत्यु, कर्फ्यु जारी

एक्सन खबर
बैशाख, ७, २०७९


श्रीलंकामा प्रदर्शनकारीमाथि गोली चल्दा एकको मृत्यु, कर्फ्यु जारी

कोलम्बो । श्रीलंकामा हालै इन्धनमा भएको मूल्यवृद्धि र अन्य दैनिक समस्याको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ र अन्य २४ जना घाइते भएका छन् ।

इन्धनको मूल्यवृद्धिको विरोधमा मंगलबार आन्दोलनमा उत्रिएका प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले सुरुमा अश्रुग्यास प्रहार गरेको थियो । तर, प्रदर्शन नियन्त्रणमा नआएपछि प्रहरीले गोली चलाएको थियो ।

मृत्युपछि अन्य प्रदर्शनकारीले रामबुक्काना प्रहरी चौकी घेरेर ढुंगा प्रहार गरेका थिए । यसैबीच, श्रीलंका प्रहरीले अर्को सूचना नभएसम्मका लागि रामबुकाना प्रहरी डिभिजन वरपर कर्फ्यू लगाएको छ ।
 













0 प्रतिकृया