Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


आईपीएलमा दिल्लीसँग पन्जाब किंग्स पराजित

एक्सन खबर
बैशाख, ८, २०७९


आईपीएलमा दिल्लीसँग पन्जाब किंग्स पराजित

काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा पन्जाब किंग्सलाई ९ विकेटले पराजित गर्दै तेस्रो जित निकालेको छ ।

११६ रनको सामान्य लक्ष्य पछ्याएको दिल्लीले १० ओभर ३ बलमा १ विकेट गुमाउँदै पूरा गर्‍याे । दिल्लीको जितमा डेविड वार्नरले ३० बलमा सर्वाधिक ६० रन बनाए ।

 यसअघि  मुम्बईमा टस हारेर ब्याटिङ गरेको पन्जाबले २० ओभरमा मात्र  ११५ रन बनाएकाे थियाे । पन्जाबका जितेश शर्माले सर्वाधिक ३२ रन बनाए । दिल्लीका खलिल अहमद, ललित यादव, अक्षर पटेल र कुलदीप यादवले २-२ विकेट लिए ।

जितपछि दिल्ली ६ खेलबाट तीन जितसहित ६ अंक जोडेर छैटौं स्थानमा छ । पन्जाब ७ खेलमा ३ जितसहित समान अंकसहित आठौं स्थानमा छ ।













0 प्रतिकृया