Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


धरानमा कांग्रेसलाई मेयर, माओवादीलाई उपमेयर

एक्सन खबर


धरानमा कांग्रेसलाई मेयर, माओवादीलाई उपमेयर

धरान । सुनसरीकाे धरान उपमहानगरपालिकामा सत्तारूढ गठबन्धनले भागबण्डा मिलाएकाे छ । पाँच दलीय गठबन्धनले बैशाख ३० गतेकाे स्थानीय तह निर्वाचनका लागि उपमहानगरपालिकामा कांग्रेसलाई मेयर दिनेगरी भागबण्डा मिलाएको हाे।

कांग्रेस क्षेत्र नं. १ सभापति सुजेन्द्र तामाङका अनुसार केन्द्रको सहमति अनुसार धरान उपमहानगरपालिकामा कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत बिच सर्बसहमतिले उम्मेदवारको भागबण्डा मिलाइएको छ ।

गठबन्धनले बिहीबार धरानमा पत्रकार सम्मेलन गरी उक्त सहमति सार्वजनिक गरेकाे हाे । सहमति अनुसार कांग्रेसलाई धरानमा मेयरसहित १३ वटा वडाअध्यक्ष दिइएकाे छ । माओवादी केन्द्रलाई उपमेयरसहित चार वडाअध्यक्ष दिँइदा  जसपालाई दुई वडाअध्यक्ष र नेकपा एकीकृत समाजवादीलाई ४ नम्बर वडा अध्यक्षसहित सबै सदस्य दिएर भागबण्डा मिलाएको हाे ।

गठबन्धनले कांग्रेसलाई मेयरसहित १, २, ५, ६, ७, ८, ९, ११, १२, १३, १४, १६ र १८ वडाअध्यक्ष दिएको छ । माओवादीलाई उपमेयरसहित ३, १५, १७ र २० नम्बर वडाअध्यक्ष सहित सबै सदस्य दिइएको छ । भने, जसपालाई धरानको १० र १९ वडाअध्यक्षसहित सबै सदस्य दिइएको छ।

धरानमा गठबन्धनमा रहेका दलहरू मध्ये कांग्रेसले ०७४ सालकाे निर्वाचनकाे उप निर्वाचनमा मेयरमा जित हासिल गरेकाे छ । कम्युनिस्टकाे गढकाे रूपमा परिचित धरान पछिल्लाे समय कांग्रेस हावी बनेकाे छ ।













0 प्रतिकृया