अक्सिजन प्लान्टमा विस्फोट हुँदा एकको मृत्यु ७ घाइते
एक्सन खबर
ललितपुर । ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका छन् । ललिपतपुर प्रहरीका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले मृत्यु हुनेको पहिचान खुल्न नसकेको जनाए ।
घाइतेको संख्या अझै धेरै हुन सक्ने एसपी शाहको बताए । घाइतेहरूको उपचार बिएण्डबी र पाटन हस्पिटलमा भइरहेको छ । विस्फोट भएको सगरमाथा अक्सिजन प्लान्ट ललितपुर ओेधोगिक क्षेत्रमा रहेको छ ।
विस्फोट आज बिहान १० बजेको आसपासमा भएको हो । सिलिन्डर भर्ने क्रममा विस्फोट भएको जनाइएको छ । यसैविच गृहमन्त्री बालकृष्ण खाणले सगरमाथा अक्सिजन प्लान्टमा आज भएको विस्फोटको घटनाको छानबिन गर्न निर्देशन दिएका छन् ।
गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेल र ललितपुरका सशस्त्र प्रहरी प्रमुख विकास घिमिरेलाई टेलिफोनमार्फत घटनाको छानबिन गर्न निर्देशन दिएका हुन् ।
घाइतेहरूको तत्काल उपचारको व्यबस्था मिलाउन पनि गृहमन्त्री खाणको निर्देशन छ ।
0 प्रतिकृया