Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


नेकले तयार पारेको डेलिभरी रोबोट क्यान इन्फोटेकमा हेर्न सकिने

एक्सन खबर
बैशाख, ८, २०७९


नेकले तयार पारेको डेलिभरी रोबोट क्यान इन्फोटेकमा हेर्न सकिने

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका शिक्षक, विद्यार्थीले निर्माण गरेको एआइ वेस रोबोट भृकुटीमण्डपमा जारी क्यान इन्फोटेकमा प्रदर्शनीमा राखिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को सहकार्य र लागतमा तयार पारिएको डेलीभरी रोबोट अस्पताल तथा प्रत्यक्ष मानव संसाधन प्रयोग गर्दा निम्तन सक्ने जोखिमयुक्त कार्यमा प्रयोगमा ल्याउन सकिन्छ ।

नेकका सह–प्राध्यापक सचिन श्रेष्ठले अस्पतालहरुमा विरामीलाई औषधी लगायत आवश्यक सामग्रीहरु पुर्याउन यसलाई प्रयोग गर्न सकिन्छ । क्यान इन्फोटेक भ्रमण गर्नेहरुले स्टल नं. एच १३ मा गएर यो रोबोट हेर्न सक्नेछन् । सह–प्राध्यापक श्रेष्ठले रोबोटलाई व्यवसायीकरण गर्ने हेतूले क्यान इन्फोटेकमा राखिएको हो । इन्फोटेकमा आउने अवलोकनकर्ताहरुले रोबोटलाई उत्साहपूर्वक हेरिरहेको श्रेष्ठको भनाई छ ।

उक्त रोबोटलाई अटोमेटिक तथा म्यानुअल दुवै मोडमा काम गराउन सकिन्छ  । म्यानुअल मोडमा काम गराउनको लागि छुट्टै मोबाइल एप बनाइएको छ । मोबाइल एपको मद्दतले यसलाई वायरलेसको माध्यमबाट आफुले चाहेको ठाउँसम्म अगाडि पछाडि गराएर लान सकिन्छ । अटोमेटिक मोडमा भने रोबोटलाई आफैं निर्धारित गन्तव्यसम्म पुर्याउन उक्त क्षेत्रमा रहेको सिसिटिभी, मुख्य कन्ट्रोल युनिट र रोबोट बिच वायरलेस नेटवर्क गरी मुख्य कन्ट्रोल युनिट नर्स स्टेशनमा रखिएको हुन्छ । त्यससँगै त्यहाँ डेस्कटप एप पनि हुन्छ ।

अस्पतालहरुमा रोबोट प्रयो गर्दा नर्स स्टेसनमा रहने कम्प्युटरमा रोबोटसँगै आबद्ध डेस्कटप एपको माध्यमबाट नर्सले रोबोट पुग्नुपर्ने ठाउँहरु इङ्कित गर्न सक्नेछन् । एकचोटी यसरी ठाउँहरु निश्चित भएपश्चात रोबोट आफैं त्यो ठाउँहरुमा पुग्छ । नयाँ गन्तब्य इङ्कित नगरेसम्म उक्त ठाउँहरुमा नै घुमि रहनेछ । यसरी आफ्नो गन्तब्य पुग्ने क्रममा रोबोटले आफ्नो अगाडि कुनै छेकिने बस्तुहरु भेटेमा त्यसलाई छलेर अगाडी जानेछ । साथै अगाडी कुनै मान्छेहरु भेटेमा रोबोटले बाटो छोड्नको लागि स्पीकर मार्फत अनुरोध पनि गर्छ ।

निर्माण गरिएको रोबोटले ३५ केजीसम्म सामान बोकेर सजिलै लैजान सक्छ । यसलाई अझै अपग्रेड गरेर विभिन्न फिचर्सहरुपनि थप्न सकिने सह–प्राध्यापक श्रेष्ठको दावी छ ।



Tags: nec education










0 प्रतिकृया