Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


पूर्वराजदूत लक्की शेर्पा, बुद्धिजीवी देवकोटासहित एमालेमा प्रवेश

एक्सन खबर
बैशाख, ९, २०७९


पूर्वराजदूत लक्की शेर्पा, बुद्धिजीवी देवकोटासहित एमालेमा प्रवेश

काठमाडौं । माओवादी केन्द्रका चर्चित नेताहरू एमाले प्रवेश गरेका छन् । पूर्वराजदुत लक्की शेर्पा सहित उनीहरूलाई शुक्रबार एमाले अध्यक्ष केपी ओलीले पार्टी मुख्यालय च्यासलमा पार्टी प्रवेश गराए ।

माओवादी पोलिटब्युरो सदस्य तथा प्रमुख केन्द्रीय सहकारी विभाग धर्मदत्त देवकोटा, पूर्व राजदूत लक्की शेर्पा, पूर्वमेयर शालिकराम पौडेल, सागर ढकाल, डा.ल्हाक्पा शेर्पा, कोषबहादुर जिसी पार्टी परित्याग गर्दै एमालेमा प्रवेश गरेका हुन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अवसरवादी, महत्वाकाक्षी, नीतिगत तथा सांगठानिक अराजकता एवं दलाल नोकरशाही, अस्थिर राजनीतिक चरित्रका कारण देशमा दक्षिणपन्थी, पूँजीवादी शक्तिको पिछलग्गुको रुपमा कम्युनिस्ट आदर्शविपरीतका कदमप्रति पूर्णतः असहमति रहेकाले पार्टी त्याग गरेको उनीहरूले घोषणा गरेका छन् ।

लक्की शेर्पा २०६४ सालको संविधान सभामा एमालेबाट समानुपातिक सांसद बनेकी थिइन्। पहिलो संविधान सभा विघटन भएपछि उनी माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन्।

माओवादीमै हुँदा उनी अष्ट्रेलियाका लागि नेपाली राजदूत नियुक्त भएकी थिइन्। शेरबहादुर देउवा नेतृत्वको सरकारले माओवादी कोटामा उनलाई राजदूत नियुक्त गरेको थियो। मानव तस्करीको आरोप लागेपछि शेर्पालाई केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ मंसिरमा फिर्ता बोलाएको थियो।













0 प्रतिकृया