Follow us:


Follow us

१० असार २०८३, बुधवार
१० असार २०८३, बुधवार


धरानमा मञ्जु भण्डारी र इटहरीमा यामकुमार सुब्बाले टिकट पाउँदा एमालेमा रडाँकाे

एक्सन खबर


धरानमा मञ्जु भण्डारी र इटहरीमा यामकुमार सुब्बाले टिकट पाउँदा एमालेमा रडाँकाे

धरान । सुनसरीको धरान उपमहानगरपालिकामा नेकपा एमालेले मञ्जु भण्डारीलाई मेयरमा उठाउने निर्णय गरेसँगै धरान एमालेभित्र चर्को मतभेद सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा भएको सचिबालय बैठकले उपमेयर भण्डारीलाई मेयरको टिकट दिने निर्णय गरेसँगै धरानमा असन्तुष्टी बढेको हो । उपमेयरमा पद्म इस्पाेले टिकट पाएका छन् ।

यसअघि धरान एमालेले पूर्व धरान नगरप्रमुख मनोजकुमार मेन्याङ्वो सहित ११ जनाको नाम सिफारिस गरेकोमा पूर्व मेयर मेन्याङ्वोलाई एक नम्बरमा राखेर बहालवाला उपमेयर मञ्जु भण्डारी सुबेदी, विजयकुमार राई, मोतीराज सुनुवार, किशोरकुमार कार्की, मीनकुमार सुब्बा, नारायण प्रसाद सुबेदी, राजमणि निरौला, तीर्थ मास्के, दोर्पध्वज राई र प्रकाश राईको नाम सिफारिस गरेको थियो ।

तर, एमाले सचिबालयले मेन्याङ्वोलाई लात हान्दै विवादित मञ्जु भण्डारीलाई सिफारिस गरेपछि एमाले धरानभित्र चर्को असन्तुष्टी बढेको हो । शनिबार अपरान्ह सम्मपनि धरानमा मनोज मेन्याङ्वोलाई पार्टीले टिकट दिन्छ भन्ने थियो । तर, ओली नेतृत्वको सचिवालयले चाकडी र चाप्लुसीका आधारमा भण्डारीलाई टिकट दिएको धरानका नगर कमिटीका एक सदस्यले एक्सन खबरसँग भने । ‘मञ्जु भण्डारीले एमालेको गुमेको विरासत फर्काउन सक्ने आधार छैन । उहाँकै कारण धरानमा एमाले पछि परेको हो । पार्टीले के हेरेर टिकट दियो हामी अचम्मित भएका छौं ।’ तथापि, केन्द्रले नै निर्णय गरेपछि त्यसको विरुद्ध जान नमिल्ने बताउँदै उनले चुनावमा निक्कै अफ्टेरो पर्ने बताए ।

नेकपा एमालेमा मनोजकुमार मेन्याङ्वो भन्दाबढी मञ्जु भण्डारीको योगदान छैन । उनी एमालेको भातृ संगठनबाट उदाएकी हुन् । मुरारी सुवेदीसँग बैवाहिक जिवनमा प्रवेश गरेपछि मात्रै भण्डारीको राजनीतिक यात्रा अगाडी बढेको थियो । त्यसअघि उनी गुमनाम थिइन् । तर, श्रीमान मुरारी सुवेदीको साथ पाएर पार्टीको केन्द्रीय तहमा सम्पर्क स्थापित गरेर भण्डारी एमालेमा उदाएकी हुन् ।

०७४ सालको स्थानीय निर्वाचनमा स्वर्गीय तारा सुब्बाकै छत्रछाँयामा परेर उपमेयर जितेकी उनले नगरमा विवादित काम वाहेक केही नगरेको चर्चा छ । नगरको बजेट सिध्याउन आफ्ना पक्षका मान्छेलाई लामो भ्रमणमा लैजाने, नगरको सवारी साधन दुरुपयोग गर्नेदेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विवादित व्यक्तिहरुलाई संरक्षण गर्ने कार्यमा भण्डारी रहेको भन्दै चर्को आलोचना भइरहेको छ । स्वर्गीय तारा सुब्बाको निधनपछि भएको उपनिर्वाचनमा एमाले पराजित हुनुमा भण्डारीकै हात रहेको आरोप पनि छ ।

यता ०५४ सालको निर्वाचनबाट धरानको मेयर भएर आएका मेन्याङ्वोले आधुनिक धरानको परिकल्पना गर्दै हरेक विकास निर्माणमा जनताको साथ लिएर काम गरेका थिए । धरानलाई समृद्ध नगर, पर्यटकीय, आवासिय शहरका रुपमा मेन्याङ्वोले अगाडी बढाएकैले धरान पूर्वकै सुन्दर, सफा शहरका रुपमा विकास भएको थियो । यद्यपि, पार्टीले मेन्याङ्वोको त्यो विरासत नदेखेको धरानबासीको बुझाई छ ।

त्यसो त, पार्टीले भण्डारीलाई मेयरमा टिकट दिएपछि नै मेन्याङ्वोले असन्तुष्टी जनाएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै धरानमा नेकपा एमालेलाई अब गाह्रो हुने बताएका छन् । ‘धरान उप–महानगरपालिकाको मेयरको चयनमा हाम्रो पार्टी नेकपा एमालेले एति अपृय निर्णय गर्ला भन्ने धरानका नेता, कार्यकर्ता तथा मतदाताहरुले कल्पना पनि गरेका थिएनन् तथापि बोकेर हिंड्न मजबुर छौं हामी कार्यकर्ताहरु।’ मेन्याङ्वोले लेखेका छन् ।

धरानमा नेपाली कांग्रेससँग एमालेको प्रतिष्पर्धा हुनेछ । कांग्रेसबाट १ नम्बर क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, एक नम्बर प्रदेश महामन्त्री उमेश थापा, बर्तमान मेयर तिलक राई, पूर्वनगर सभापति किशोर राई लगायत ११ जनाको नाम सिफारिसमा परेको छ । यी मध्ये क्षेत्रीय सभापति तामाङ, प्रदेश महाममन्त्री थापा र बर्तमान मेयर राईको चर्चा बढी छ ।

इटहरीमा पनि असन्तुष्टी

इटहरी एमालेमा पनि पार्टीको निर्णयप्रति असन्तुष्टी बढेको छ । इटहरीमा एमालेले मेयरमा यामुकमार सुब्बा तथा उपमेयरमा संगीता चौधरीलाई उमेदवार बनाएको छ । इटहरीमा अघिल्लो पटक नै मेयरमा दाबी गरेका रामप्रसाद चौलागाईले बाहुन भएकै कारण आफुले टिकट नपाएको असन्तुष्टि पोखेका छन् । बाहुन हुनु गल्ती भएको भन्दै उनले सामाजिक सञ्जालमै लेखेका छन् ‘इटहरीमा बाहुन त्यो पनि रामप्रसाद चौलागाई कहिल्यै मेयर हुनु हुँदैन । इटहरीमा आप्रवासी जनजातिको जय होस् । अब सदैव इटहरीमा म समेत क्षेत्री बाहुन एमालेहरू मुर्दावाद । म बाहुन कुलमा जन्मिनु के मेरो अपराध हो ? वा मेरा मातापितालाई के दण्ड दिऔँ ?’

इटहरी खानेपानी संस्थाको अध्यक्ष समेत रहेका चौलागाई इटहरीको मेयरका बलिया दाबेदार भएपनि टिकट पाएनन् । २०५४ सालमा सर्वध्वज साँवा र त्यसपछि द्धारिकलाल चौधरी एमालेबाटै टिकट पाएपछि आदिवासी जनजातिले मात्र मेयर पाएको भन्दै उनले असन्तुष्टी व्यक्त गरेका छन् ।

नेकपा एमालेमा चाकडी र चाप्लुसी गर्नेले मात्र टिकट पाएकाे भन्दै आलाेचना बढिरहेकाे छ ।  पार्टीविभाजन भएकाे अवस्थामा समेत पार्टीका इमान्दार नेता कार्यकर्ताकाे संरक्षण गर्न नसकेकाले अबका निर्वाचनमा एमाले झनै कमजाेर हुने राजनीतिक विष्लेशककाे बुझाइ छ ।














0 प्रतिकृया