Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


५५ हजारले चुनाब जित्ने अटेरी अभियानका पाैडेलकाे दावी

एक्सन खबर
बैशाख, ११, २०७९


५५ हजारले चुनाब जित्ने अटेरी अभियानका पाैडेलकाे दावी

पोखरा । अटेरी अभियान चलाउँदै आएका गनेश पौडेलले पोखराको मेयरमा उम्मेद्‌वारी दिएका छन् । उनको १ नम्बरमा दर्ता भएको छ । अघिल्लो चुनावदेखि नै फरक गतिविधि गर्दै आएका उनले अहिले मेयरमा उम्मेद्वारी दिएका हुन् । अटेरीबाट पोखराका थप १७ वटा वडामा अध्यक्षको उम्मेद्वारी पर्ने भएको छ ।

आफ्नै लोगो अंकित टिसर्ट लगाएर आएका उनीहरुले उम्मेद्वारी दर्ता गराइरहेका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा पौडेलले उम्मेद्वारी दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा अप्सरा अधिकारी र समर्थकमा सरोज जीसी थिए । दुवैजना पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गरेर मतदान गर्दै छन् । उम्मेद्‌वारी दर्तापछि पौडेलले राजनीतिक अकर्मण्यताको विरुद्धमा आफूले उम्मेद्‌वारी दिएको बताए ।

‘गठबन्धन विरोधी भावना बढेको छ । स्थानीय तहमा दलीयभन्दा स्वतन्त्र उम्मेद्वारले काम गर्न सक्छन् भन्ने मान्यता बढेको छ,’ उनले भने, ‘हामी चुनाव जित्छौं । हाम्रो पक्षमा लहर राम्रो भएको छ ।’ ५५ हजार भन्दा बढी मत ल्याउने उनको दावी छ ।













0 प्रतिकृया