Follow us:


Follow us

३ कार्तिक २०८३, सोमवार
३ कार्तिक २०८३, सोमवार


नेपाल मेडिकल कलेजले माग गर्यो चिकित्सक तथा कर्मचारी

एक्सन खबर
बैशाख, ११, २०७९


नेपाल मेडिकल कलेजले माग गर्यो चिकित्सक तथा कर्मचारी

काठमाडौं । नेपाल मेडिकल कलेजले विभिन्न पदमा चिकित्सक तथा कर्मचारीहरु माग गरेको छ । काठमाडौं जोरपाटी अत्तरखेलमा अवस्थित कलेजले एक सूचना प्रकाशित गरी विभिन्न विषयमा चिकित्सक तथा कर्मचारी माग गरेको हो ।

कलेजले पेड्रियाटिक्स, फरेन्सिक मेडिसिन, मेडिसिन, न्यूरोलोजी, कार्डियोलोजी लगायत पदहरुमा दक्ष चिकित्सक माग गरेको हो । नेपाल मेडिकल कलेजमा सबै प्रकारका विधामा दक्ष तथा अनुभवी चिकित्सकहरु राख्ने उद्देश्यले विशेषज्ञ चिकित्सक माग गरिएको अस्पताल इन्जार्च दिलिप साहले बताए ।

यसैगरी कलेजले असिस्टेन्ट मेट्रोन, खरिद अफिसर, सहायक खरिद अफिसर, लेखा परिक्षक, ब्राण्ड अफिसर, आइटी असिस्टेन्ट लगायतका पदहरुमा कर्मचारी माग गरेको छ । कलेज प्रशासनका अनुसार उक्त पदहरुमा योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले मे ३ २०२२ सम्म आवेदन दिन सक्नेछन् ।

हेर्नुहोस् सूचना सहित















0 प्रतिकृया