Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


प्रिमियर लिगमा लिभरपुल र चेल्सी विजयी, इन्टर शीर्ष स्थानमा

एक्सन खबर
बैशाख, १२, २०७९


प्रिमियर लिगमा लिभरपुल र चेल्सी विजयी, इन्टर शीर्ष स्थानमा

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा महारथी क्लबहरु लिभरपुल र चेल्सी विजयी भएका छन् । मर्सीसाइड डर्बीअन्तर्गत घरेलु मैदान एनफिल्डमा लिभरपुलले एभर्टनलाई २-० अन्तरले हरायो ।

पहिलो हाफमा एभर्टनको बलियो रक्षापंक्ति तोड्न नसकेको लिभरपुलका लागि दोस्रो हाफमा जित दिलाउन  एन्ड्रयु रोबर्टसन र डिभोग ओरिगीले एक एक गोल गरे । ६२औं मिनेटमा रोबर्टसनले गोल गर्दै अग्रता दिलाए ।  ८५औं मिनेटमा ओरिगीले गोल गर्दै  सहज जित दिलाए ।

जितसँगै लिभरपुलले ३३ खेलबाट ७९ अंक जोडेको छ  र शीर्ष स्थानको म्यानचेस्टर सिटीसंगको दूरी एक अंकमा झारेको छ । ३२ खेलबाट २९ अंक जोडेर रेलिगेशन क्षेत्रको १८औं स्थानमा छ ।

अर्को खेलमा चेल्सीले वेस्ट ह्याम युनाईटेडलाई १-० अन्तरले पराजित गर्‍याे । चेल्सीको जितमा क्रिस्टियन पुलिसिचले खेलको ९०औं मिनेटमा गोल गरे ।

क्रेग डसनले रातो कार्ड पाएपछि वेस्ट ह्याम ८६औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । यस जितसँगै चेल्सी ३२ खेलमा ६५ अंक जोडेर तेस्रो स्थानमा छ । वेस्ट ह्याम ५२ अंक जोडेर सातौं स्थानमा  छ ।आइतबारको अन्य खेलमा बर्नलीले उल्भ्सलाई १-० ले हरायो । ब्राइटन र साउथह्याम्पटनले २-२ गोलको बराबरी खेल्दै अंक बाडे  ।

इन्टर मिलान शीर्ष स्थानमा
 
यता इटालियन सिरी ‘ए’ मा  इन्टर मिलान शीर्ष स्थानमा फर्कियो । लाजियोलाई २-१ ले पराजित गर्दै एसी मिलान आइतबार इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा फर्किएको हाे। शनिबार साबिकको विजेता इन्टर मिलान रोमालाई हराउँदै शीर्ष स्थानमा उक्लिएको थियो । जहाँ इन्टरले एक अंकको अग्रता लिएको थियो ।

लाजियोमाथिको महत्वपूर्ण जितपछि मिलानले ३४ खेलबाट ७४ अंकसहित शीर्ष स्थानमा पुनरागमन गरेको हो  । जुन दोस्रो स्थानको इन्टर भन्दा दुई अंक बढी हो । मिलान भन्दा इन्टरले एक खेल कम खेलेको छ ।

नेपोली ६७ अंकसहित तेस्रो स्थानमा छ भने चौथो स्थानको युभेन्टसको ६३ अंक छ । ५६ अंकसहित लाजियो सातौं स्थानमा छ । चौथो मिनेटमा सिरो इमोबाइलको गोलमा लाजियोले अग्रता लिएको थियो । ५०औं मिनेटमा ओलिभर जिरौउडले मिलानलाई खेलमा फर्काएका थिए ।

जारी सिजन सिरी ‘’ए मा जिरौउडको यो नवौं गोल हो । इन्जुरी समयको दोस्रो मिनेटमा टोनालीले गरेको गोलमा मिलानले जित पक्का गरेको थियो ।















0 प्रतिकृया