Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


‘टिकट वितरणमा कुन मापदण्ड अपनाइयाे अनुसन्धान गरिन्छ’ डा. शेखर काेइराला

एक्सन खबर
बैशाख, १४, २०७९


‘टिकट वितरणमा कुन मापदण्ड अपनाइयाे अनुसन्धान गरिन्छ’ डा. शेखर काेइराला

काठमाडाैं । कांग्रेस नेता डा. शेखर काेइरालाले स्थानीय निर्वाचनको सकारात्मक परिणामले अगाडिका दुई निर्वाचनमा कांग्रेसलाई जितको आधार निर्माण गर्न सहज हुने भन्दै सबै मिलेर निर्वाचनमा कांग्रेसलाई अत्यधिक विजयी बनाउने अभियानमा जुट्नु पर्ने बताएका छन् ।

काेइरालाले विज्ञप्ति जारी गर्दै कांग्रेस केन्द्रीय कार्यसमितिमा टिकट वितरण प्रक्रियामा कुन मापदण्ड अपनाइयो त्यसको अध्ययन, अनुसन्धान र समीक्षा गरिने बताउँदै पार्टी हितलाई सर्वोपरि ठानी तत्काललाई असन्तुष्टिहरु छाती भित्र राखी कांग्रेसको विजयी अभियानमा होमिन आब्हान गरेका छन् ।

‘ निसन्देह, अहिले हाम्रो अगाडि निर्वाचन छ र हामी पार्टी हितलाई सर्वोपरि ठानी तत्काललाई असन्तुष्टिहरु छाती भित्र राखी कांग्रेसको विजयी अभियानमा होमिने छौं । साथीहरुबाट पनि म यही अपेक्षा गर्दछु ।’ डा. काेइरालाले भनेका छन् ।

निर्वाचन पछि पार्टी भित्र भएका विकृति, विसंगति र आर्थिक चलखेल सबै पक्षको समग्र समीक्षा गरिने र सोही अनुरुप पार्टी सुधारको प्रकृयामा आफु दृढताको साथ उभिने डा. काेइरालाले जिकीर गरेका छन् ।  

आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनका लागि उत्साह र उल्लासपूर्ण वातावरणमा देशभरि उम्मेदवारी दिने काम सम्पन्न भएकाे भन्दै उनले पाँचवर्ष पछि आउने महायज्ञमार्फत नेपालको लोकतान्त्रिक आन्दोलन गाउँघरमा पुगेकाे पनि बताएका छन् ।

निर्वाचनको प्रक्रियामा संलग्न सबै पक्ष नागरिकप्रति उत्तरदायी र जवाफदेही बन्नुपर्छ भनी सदैव सचेत र सतर्क रहनुपर्ने बताउँदै काेइरालाले कांग्रेसकाे टिकट वितरण कार्यमा जिम्मेवारी पाएकाहरुले पार्टी कार्यकर्ताहरु प्रति समानरुपले न्याय गर्न नसकेकाे पनि भनेका छन् ।  

‘नेपाली कांग्रेसबाट स्थानीय तहमा उम्मेदवारी दिन इच्छुक नेता र कार्यकर्ताहरुको पंक्ति लामो थियो । अधिकांश योग्य र सक्षम पनि थिए । कांग्रेस देशको सबैभन्दा पुरानो र एकमात्र लोकतान्त्रिक पार्टी भएकोले स्थानीय तहको निर्वाचनमा टिकट वितरण कार्य सहज थिएन । टिकट वितरणमा एउटा मापदण्ड बनाइ अगाडि बढ्दा सबैप्रति न्याय गर्न सकिने छ भनी हामीले बारम्बार केन्द्रीय समिति, कार्यसम्पादन समिति र सामूहिकरुपमा साथीहरुबीच उठाएका थियौँ, तर हाम्रो कुरा ध्यानपूर्वक सुनिएन ।’ विज्ञप्तिमा भनिएकाे छ ।
 
जीवनभर कांग्रेसको सिद्धान्त, मूल्यपद्धति र आदर्शप्रति समर्पितहरु यतिखेर पार्टी छाडि अन्य पार्टीमा ओत लाग्न पुगेका, कैयौँ साथीहरु स्वतन्त्र उमेदवारको रुपमा चुनावी मैदानमा जान बाध्य भएकाहरूलाई कांग्रेसको मुल प्रबाहमा फर्कन आग्रह पनि डा. काेइरालाले गरेका छन् । उनले टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भयो भन्ने कुराहरु पनि सार्वजनिक भइरहेकाे जनाउँदै त्यसको पीडा इमान्दार र निष्ठावान कार्यकर्ताहरुले भाेगिरहेकाे पनि दर्शाएका छन् ।

‘सबैभन्दा दुःखको कुरा त आफुसँग असहमत भएकै कारण कैयन साथीहरुको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरु भएका छन । कैयन साथीहरुलाई राज्य र पार्टी संयन्त्रको दुरुपयोग गरी अनेकन जालझेल मुद्दामा फसाएर तिनको राजनीतिक हत्या गर्ने षडयन्त्र पनि भएका छन । पार्टीभित्र रहेका यस्ता गलत कार्यहरु तत्काल अन्त्य हुनुपर्छ ।’ काेइरालाले भनेका छन् ।














0 प्रतिकृया