विद्रोही उम्मेदवार, नीजको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्काशित हुनेः कांग्रेस
एक्सन खबर
काठमाडाैं । नेपाली कांग्रेसले स्थानीय तहकाे निर्वाचनमा पार्टीकाे निर्णय विपरित जाने उम्मेदवार, नीजकाे प्रस्तावक र समर्थम पाटीबाट स्वतः निष्काशित हुने जनाएकाे छ ।
बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवारका विरूद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे/गराएको भए, निर्वाचन आयोगद्वारा तोकिएको मिति र समय (आज वैशाख १६ गते शुक्रबार विहान १० (दश) बजेदेखि ५ (पाँच) बजेसम्म) उम्मेदवारी फिर्ता नलिए उनीहरू स्वतः पार्टीबाट निष्काशित हुने जनाएकाे हाे ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पाैडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेका छन्–‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, नीजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्काशित हुने व्यहोरा जानकारी गराईन्छ ।’
भरतपुर महानगरपालिका सहित देशका विभिन्न पालिकाहरूमा कांग्रेसकाे पार्टी निर्णय विपरित बागी उम्मेदवार खडा भएका छन् ।
0 प्रतिकृया