Follow us:


Follow us

१० वैशाख २०८३, बिहिवार
१० वैशाख २०८३, बिहिवार


सुनसरीमा एमालेका उम्मेदवार जिताउन भगवती चौधरीको सक्रियता (भिडियाे सहित)

एक्सन खबर


सुनसरीमा एमालेका उम्मेदवार जिताउन भगवती चौधरीको सक्रियता (भिडियाे सहित)

दुहवी । बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पार्टीलाई सबै तहमा जीत  दिलाउन तथा संगठन विस्तारमा नेकपा एमालेकी नेतृ भगवती चौधरी सक्रियताका साथ लागेकी छन् । नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्जसमेत रहेकी चौधरी जिल्लाका विभिन्न स्थानहरुमा आयोजित चुनाबी कार्यक्रममा सहभागी हुँदै कतिपय ‘बागी’ उम्मेदवारहरुलाई मिलाउन समेत सक्रियताका साथ लागेकी थिइन् ।

जिल्लाको इटहरी, इनरुवासँगै आफ्नै निर्वाचन क्षेत्रमा पर्ने दुहवी नगरपालिका, बर्जु तथा गढी गाउँपालिकामा एमालेबाट विभिन्न पदहरुमा उम्मेदवार भएकाहरुलाई सघाउन नेतृ चौधरीको सक्रियता छ । सुनसरी क्षेत्र नं. ३ मा रहेका सबै स्थानीय तहमा उम्मेद्वारहरु सँगसँगै जनताका घरदैलोमा चौधरी पुग्दा मतदाताहरुले यसपल्ट नेकपा एमालेका उम्मेदवारलाई जिताउने प्रतिबद्धता जनाएको चौधरीले बताइन् । ‘मतदाताहरु उत्साहित हुनुहुन्छ सुर्य ध्वजावाहक उम्मेदवारलाई जिताउन ।’ चौधरीले भनिन् ।

इटहरी, दुहवी, बर्जु गढी लगायतका स्थानमा पार्टीको कार्यालय स्थापना गर्दै रहेक क्षेत्रमा पुगेकी चौधरीले गाउँपालिका, नगरपालिका, वडाध्यक्ष, सदस्य लगायतका पदहरुमा उठेका उम्मेदवारलाई भोट हाल्न जनसमुदायलाई आग्रह गरेकी छन् । ‘निर्वाचनको माहौल छ, पार्टीका उम्मेदवारहरु घरदैलोमा गइरहेका छन् उहाँहरुसँगै जनताका घरदैलौमा जाने, पार्टीको धारणा राख्ने, जनताका गुनासाहरु सुन्दै मेरो दिनचर्या वितिरहेको छ ।’ नेतृ चौधरीले भनीन् ।

सुनसरीको इटहरी उपमहानगरपालिकाका केही वडाहरु, दुहवी नगरपालिका, बर्जु तथा गढी गाउँपालिका क्षेत्र नं. ३ अन्तरगत पर्दछन् । यी क्षेत्रमा मात्र नभएर समग्र जिल्लामै नेकपा एमालेलाई ऐतिहासिक जित दिलाउन नेतृ चौधरी खटिएकी छन् । जिल्लामा पार्टीभित्र रहेका अन्तरविरोध हल गर्न, बागी उम्मेदवारलाई फकाउन तथा विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्ने नेता कार्यकर्ताहरुलाई समेत पार्टीको सिद्धान्त, उद्देश्य तथा लक्ष्य बुझाउन चौधरी सक्रिय छिन् ।

स्थानीय तहको निर्वाचनमा सुनसरीमा नेकपा एमालेले आवश्यक्ता हेरेर अन्य दलहरुसँग तालमेल गर्दै उम्मेदवार उठाएको छ । दुहवी नगरपालिकामा पार्टीबाट मेयरमा विनय पोखरेलको उम्मेदवारी रहँदा उपमेयरमा जनता समाजवादी पार्टीसँग गठबन्धन गरेको छ । दुहवीको विकास, विस्तारका लागि जसपाले सरोजकुमार सिंहलाई उपमेयरमा उठाएको छ ।


दुहबी नगरलाई अब एमालेले बनाउने


०७४ सालको स्थानीय निर्वाचनबाट नगरको नेतृत्व सम्हालेको नेपाली कांग्रेसको नेतृत्वले नगरको बजेटमा हालीमुहाली गरेको तथा समृद्ध दुहवी नगरपालिका बनाउन र जनताका साझा समस्या हल गर्न चुकेको नेकपा एमालेको भनाई छ । अबको निर्वाचनमा नेकपा एमालेले जित हासिल गरेपछि दुहबीलाई कसरी नमुना शहर बनाउन सकिन्छ देखाउने चौधरीको दावी छ ।

दुहवी सुनसरीका नगरमध्ये पुरानो नगर भएपनि विकासका दृष्टिकोणले पछि परेको छ । नगरपालिकामा नगरको लागि आवश्यक विकासका आधारभूत तत्वहरु समेत नहुँदा जनताले सास्ती खेपेका छन् । नगरसँग जोडिएका गाउँपालिका, तत्कालिन गाविसहरुको विकासमा ०७४ सालपछि आएको सरकारले काम नगरेको नगरबासीको गुनासो छ । दुहवी खेलकुद क्षेत्रको उर्बरभूमी रहेपनि नगरपालिकाले नगरको खेलकुदमा पूर्वाधार विकास र खेलाडी प्रोत्साहनमा झारा टार्ने काम मात्र गरेको जनगुनासो छ । सडक, ढल निकास, खानेपानी, सरसफाई, शिक्षा स्वास्थ्य जस्ता आधारभूत आवश्यक्ताबाट नगरबासी बञ्जित छन् ।

नेतृ चौधरीले पार्टीले अबको निर्वाचनमा जित हासिल गरिसकेपछि नगरका साझा समस्याहरु केलाएर शिक्षा, स्वास्थ्य, खेलकुद, स्वच्छ खानेपानी, सडक, ढल ब्यवस्थापनमा दिर्घकालिन योजना बनाएर जाने बताइन् । ‘जिल्लाका अन्य नगरको जसरी विकास भयो दुहवी नगरपालिकाको विकास हुन नसक्नुमा नेतृत्वकै कमजोरी हो । सुनसरीका ४ वटा शहरहरु मध्ये इनरुवा पछि दुहवी पुरानो शहर भएपनि पुरानो नै रह्यो, अब यसलाई जिल्लाकै नमूना नगरको रुपमा विकास गर्न एमालेले दिर्घकालिन विकासका योजनाहरु बनाएर जान्छ ।’ चौधरीले पालिकाभित्र रहेका वटाहरुलाई गाउँमा हैन नगरमा बसेको अनुभूत गराउने गरी विकासको योजना बनाउने बताइन् ।

दुहवी नगरपालिकामा नेकपा एमालेले मेयरमा विनय पोखरेललाई उठाउँदा उपमेयरमा भने जनता समाजवादी पार्टीसँग गठबन्धन गरेको छ । जसपाबाट उपमेयरमा सरोजकुमार सिंह उठेका छन् ।

भिडियाे श्राेतः काेचिला एफएम















0 प्रतिकृया