एमाले कार्यकर्ताको आक्रमणबाट माओवादीका तीन कार्यकर्ता घाइते
एक्सन खबर
सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकामा एमाले कार्यकर्ताको कुटपिटबाट नेकपा माओवादी केन्द्रका तीन जना कार्यकर्ता घाइते भएका छन् । पाँचपोखरी थाङपालधाप गाउँपालिका–७ का एमाले वडाध्यक्षका उम्मेदवार सुके तामाङ र देवराज गुरुङको समूहले खुकुरी प्रहार गरी माओवादी कार्यकर्तालाई घाइते बनाएका हुन् ।
पार्टीको चुनाव प्रचारमा खटिरहेका बेला ज्यान मार्ने उद्देश्यका साथ एमाले कार्यकर्ताले आक्रमण गरेका र आक्रमणबाट घाइते भएकाहरूको अहिले काठमाडौमा उपचार भइरहेको छ ।
माओवादीका जिल्ला अध्यक्ष गोविन्द पराजुलीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै एमालेबाट आफ्ना कार्यकर्तामाथि भएको कुटपिटको भर्त्सना गर्दै दोषीमाथि कडा कारवाही गर्न प्रशासनसँग माग गरेका छन् । उनले आगामी दिनमा यस्ता अवाञ्छित गतिविधि नगर्न र घटना दोहोरिन नदिन पनि एमालेलाई सचेत गराएका छन् ।
0 प्रतिकृया