Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


‘आइजीपी नियुक्तिमा सरकारले बिधिको शासनको खिल्ली उडायो’ डा. शेखर कोइराला

एक्सन खबर
बैशाख, १८, २०७९


‘आइजीपी नियुक्तिमा सरकारले बिधिको शासनको खिल्ली उडायो’ डा. शेखर कोइराला

काठमाडौं । वरिष्ठता र प्रक्रिया मिचेर प्रधानमन्त्री शेरबहादुर देउवाको दवावमा मन्त्रिपरिषद्ले तेश्रो नम्बरमा रहेका धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आइजीपी) नियुक्त गरेकोमा कांग्रेस नेता डा. शेखर कोइरालाले कडा आपत्ति जनाएका छन् ।

आज दिउसो बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको सिफारिसमा समेत तेश्रो नम्बरमा परेका अतिरिक्त प्रहरी महानिरीक्षक सिंहलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।

बरिष्ठताका आधारमा विश्वराज पोखरेललाई आइजीपी नियुक्त गर्नुपर्नेमा देउवाले गृह मन्त्रालयको सिफारिसमा तेश्रो नम्बरमा परेका सिंहलाई बनाएपछि सर्वत्र विरोध भएको छ । डा. शेखरले ‘सरकारले वरिष्ठता र प्रक्रिया मिचेर बिधिको शासनको खिल्ली उठाएको बताएका छन् । ‘बरिष्ठता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आइजीपी नियुक्त गर्ने सरकारको निर्णयले बिधिको शासनको खिल्ली उडाउने काम गरेको छ ।’ डा. शेखरले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्–‘सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरी एकपटक विवादमा ल्याएको छ ।’

सिंहसँगै विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रवीन्द्रबहादुर धानुक पनि प्रहरी महानिरीक्षक बन्ने कसरतमा भएपनि सरकारले तेस्रो वरियतामा रहेका सिंहलाई आईजीपी नियुक्त गरेको हो ।

प्रहरी नियमावली–२०७१ को नियम ४१ मा एआईजीमध्येबाट ‘सरकारले उपयुक्त ठानेका उम्मेवारलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्न सक्ने भनिएको छ ।

तर जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्य लगायतलाई आधार बनाएर निर्णय लिने भनिएको छ । यस हिसाबले पोखरेल सिफारिसमा पहिलो नम्बरमा परेका थिए ।

मन्त्रिपरिषद्को निर्णय विरुद्ध सिंहभन्दा सिनियर पोखरेल र थापा अदालत जाने तयारीमा रहेका छन् । श्रोतका अनुसार उनीहरु अहिले कानुन व्यवसायीसँग छलफलमा रहेका छन् ।













0 प्रतिकृया