Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


एन्फालाई क्याम्प छाडेर गएका खेलाडी माथि कारवाही नगर्न अल्मुताइरीकाे पत्र

एक्सन खबर
बैशाख, १८, २०७९


एन्फालाई क्याम्प छाडेर गएका खेलाडी माथि कारवाही नगर्न अल्मुताइरीकाे पत्र

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका १० सदस्यले मुख्य प्रशिक्षकको व्यवहारका कारण टोलीको क्याम्प छाडेको बताएको तीन दिनपछि अब्दुल्लाह अल्मुताइरीले एन्फालाई पत्र पठाउँदै क्याम्प छाडेका खेलाडीलाई नलिने स्पष्ट गरेका छन् ।

उनकै कारण गत १४ वैशाखमा खेलाडीले क्याम्प छाडेका थिए भने १५ गते स्पष्टीकरण दिन पत्रकार सम्मेलन गरेका थिए । खेलाडीले अब्दुल्लाहको निकै दबाबका बीच टिम छाडेको प्रतिक्रिया दिएका थिए ।

यद्यपि अब्दुल्लाहले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई पत्र काट्दै खेलाडीले आफूलाई टिम छाड्दै गर्दा थाहा नदिएको बताएका छन् । कुवेती नागरिक अब्दुल्लाहले आफूले खेलाडीलाई माफी दिएको र एन्फालाई कारबाही नगर्न आग्रह गर्दै महासचिव तुलाधरलाई आइतबार बिहान पत्र बुझाएका हुन् ।

यस्तै अब्दुल्लाहले टिम बनाउने जिम्मा आफ्नो भएको कारण बाहिर रहेका १० खेलाडीलाई टिममा नबोलाउने र जस्तोसुकै नतिजा आए पनि त्यसको जिम्मेवारी आफूले लिने बताए ।

प्रशिक्षक अलमुताइरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै खेलाडीहरू रोहित चन्द, विशाल श्रेष्ठ, विशाल राई, दिनेश राजवंशी, सुमन लामा, तेज तामाङ, अनन्त तामाङ, विमल घर्तिमगर, अन्जन विष्ट र सुजल श्रेष्ठले राष्ट्रिय टिमको बन्द प्रशिक्षण छाडेका थिए । भने, माल्दिभ्समा रहेका कप्तान किरणकुमार लिम्बूले पनि प्रशिक्षकको व्यवहारप्रति असन्तुष्टि जनाउँदै खेलाडीलाई समर्थन गर्ने बताएका थिए।













0 प्रतिकृया