Follow us:


Follow us

१९ वैशाख २०८३, शनिवार
१९ वैशाख २०८३, शनिवार


७६ जिल्लाको मतपत्र छापियो, आजबाट भक्तपुरको छापिदैँ

एक्सन खबर
बैशाख, १९, २०७९


७६ जिल्लाको मतपत्र छापियो, आजबाट भक्तपुरको छापिदैँ

काठमाडौं । ३० वैशाखका लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि ७६ वटा जिल्लाका लागि मतपत्र छपाई कार्य सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार आजबाट अन्तिम अर्थात भक्तपुर जिल्लाको मतपत्र छपाई काम सुरु हुनेछ ।

जनक शिक्षा सामग्री संस्थान, सानोठिमीमा नमूनादेखि ३० वैशाखमा निर्वाचन प्रयोजनका लागि मतपत्रका छपाई कार्य भएको थियो । निर्वाचन आयोगले उम्मेदवारी दर्ता, खारेजीलगायतका कार्यतालिका सम्पन्न गरेलगत्तै सम्पूर्ण जिल्लाका मतपत्र छपाईको काम सम्पन्न गरेर ढुवानीलाई अन्तिम चरणमा पुर्‍याएको छ ।

छापिएका मतपत्रमध्ये १८ वैशाखभित्र नै ४९ जिल्लाहरुमा ढुवानी गर्ने काम सम्पन्न गरिसेकेको आयोगले आज दोलखा, सिन्धुली र रामछापका लागि मतपत्रहरु ढुवानी गर्दै छ ।  ६ महानगरपालिका र भक्तपुर जिल्लाबाहेकका अन्य जिल्लाका लागि १ करोड ४५ लाख ८० हजार मतपत्र छापिएको आयोगका प्रवक्ता शालिकराम पराजुलीले जानकारी दिएका छन् ।

स्थानीय तह निर्वाचन आउन ११ दिन मात्रै बाँकी छ । संविधानसभावाट नयाँ संविधान जारी भएपछि निर्वाचन आयोगले ३० वैशाखमा दोस्रो पटक स्थानीय तहको निर्वाचन गर्दैछ । निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धन र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबीच तीब्र प्रतिस्पर्धा हुने देखिएको छ ।

सिन्धुली, रामेछाप र दोलखामा आज मतपत्र ढुवानी

आयोगले आज सिन्धुली, रामेछाप र दोलखाका लागि मतपत्र ढुवानी गर्दैछ । जनक शिक्षा सामग्री संस्थानमा छापिएको ७७ जिल्लाको मतपत्रमध्ये ७० जिल्लामा १८ वैशाखभित्र ढुवानी भइसकेको थियो भने आज सिन्धुली, रामेछाप र दोलखाका लागि मतपत्र ढुवानी गर्न लागेको हो ।

आयोगका अनुसार १७ वैशाखसम्म ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएकामध्ये लुम्बिनी प्रदेशका सबै जिल्लामा मतपत्र पठाई सकेको छ ।

मधेस प्रदेशका ८ जिल्लासहित बाग्मती प्रदेशका रसुवा, चितवन, काठमाडौं, ललितपुर, भक्तपुरमा मतपत्र पठाउन बाँकी छ भने कर्णाली र सुदुरपश्चिमका सबै जिल्ला तथा प्रदेश–१ को मोरङबाहेक सबै जिल्लामा मत पत्र पठाईसकिएको आयोगले जानकारी दिएको छ ।














0 प्रतिकृया