Follow us:


Follow us

५ वैशाख २०८३, शनिवार
५ वैशाख २०८३, शनिवार


६ करोड खर्च गरेर २१ लाखको खर्च विवरण बुझाएका थिए शशांक काेइरालाले

एक्सन खबर
बैशाख, १९, २०७९


६ करोड खर्च गरेर २१ लाखको खर्च विवरण बुझाएका थिए शशांक काेइरालाले

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले गत निर्वाचनमा आफूले ६ करोड रुपैयाँ खर्च गरेको बताएपछि निर्वाचनमा उम्मेदवारले गर्ने खर्चका बारेमा चर्चा भएको थियो । निर्वाचन महँगो हुँदै गएको बताउँदै उनले ६ करोड खर्च भएको कोइरालाले बताएसँगै निर्वाचन आयोगले उनीसँग स्पष्टीकरण मागेको थियो ।

६ करोड खर्च भएको दाबी गरेका कोइरालाले निर्वाचन आयोगमा बुझाएको विवरणमा भने करिब २२ लाखमात्र खर्च गरेको उल्लेख छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित कोइरालाले यसअघिको निर्वाचनमा पेस गरेको निर्वाचन खर्चको विवरणमा २१ लाख ७५ हजार रुपैयाँ पेस गरेको आयोगले जनाएको छ । तर उनले उक्त निर्वाचनमा आफूले ६ करोड रुपैयाँ खर्च गरेको भनि दिएको अभिव्यक्तिमा माथि आयोगले चित्तबुझ्दो जवाफ माग गरेको थियो ।

आयोगले भनेको छ, 'कोइरालाले  दिएको अभिव्यक्ति आचारसंहिताको मूलआधार माथिनै अनास्था पैदा हुने देखिएकोले अब आइन्दा यस्ता अभिव्यक्ति नदिन सचेत गराउँदै र उक्त जानकारी सम्बन्धित व्यक्तिलाई दिइ सम्बद्ध राजनीतिक दललाई जानकारी दिने निर्णय आयोगले गरेको छ ।'

त्यस्तै आयोगले तोकेको भन्दा बढी खर्च भएको, निर्वाचनमा खर्चको गलत विवरण बुझाएको भन्ने अभिव्यक्ति दिएका गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि आचारसंहिता कार्यान्वयनप्रति सचेत गराएको जनाएको छ ।













0 प्रतिकृया