Follow us:


Follow us

१९ वैशाख २०८३, शनिवार
१९ वैशाख २०८३, शनिवार


कुशेमा विभिन्न दलका कार्यकर्ताबीच झडप, हवाई फायर

एक्सन खबर
बैशाख, २१, २०७९


कुशेमा विभिन्न दलका कार्यकर्ताबीच झडप, हवाई फायर

हेमन्त केसी
सुर्खेत । कुशे गाउँपालिका-९ जुर्गेमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरू बीचमा झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ ।

माओवादी र समाजवादीका एक सयभन्दा बढी कार्यकर्ता र कांग्रेसका ७० भन्दा बढी कार्यक्रताहरूको बीचमा बुधबार दिउँसो पौने २ बजे झडप भएको प्रहरीले जनाएको छ । चुनावी प्रचारप्रसारका क्रममा झडक भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

झडपलाई कम गर्न खोज्दा प्रहरीमाथि नै ढुंगा मुडा भएपछि प्रहरीले एक राउण्ड हवाई फायरसमेत गरेको थियो । झडपमा परी कांग्रेसका कुशे-९ का २६ वर्षीय सन्देश तिरुवा घाइते भएको प्रशासनले जनाएको छ । स्थिति सामान्य बनाउनका लागि सुरक्षाकर्मी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले बताए ।













0 प्रतिकृया